म्याग्दी प्रवासी नेपाली संघ (मोना)पोर्तुगलको भेटघाट तथा साँस्कृतिक कार्यक्रम समापन

लिसवन
म्याग्दी प्रवासी नेपाली संघ(मोना) पोर्तुगलले युरोप भ्रमणमा रहेका म्याग्दीका कलाकार कुमार पुनलाई भेटघाट तथा साँस्कृतिक कार्यक्रम साथ सम्मान गरेको छ, मौलिक भागमा प्रस्तुति दिन सक्षम म्याग्देली कलाकार पुनलाई एक कार्यक्रम साथ गत आईतबार अप्रिल ३ तारिक दिन भव्यता साथ समापन गरेको छ, उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रविन पुनको अध्यक्षता भएको थियो भने कार्यक्रम सञ्चालन संस्था महासचिव दिपु फगामीले गरेका कुरा संस्था उपाध्यक्ष नर फगामीले ईरुप्सेलाई जानकारी गराएका थिए।उक्त कार्यक्रममा पोर्तुगलमा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरु साथै संस्थाका पदाधिकारी लगाएत पोर्तुगललाई कर्मथलो बनाउदै आएका नेपालीहरुको बाग्लो उपस्थित रहेको कुरा संस्थाका सचिव तेजिन्द्र छन्त्याले ईरुप्सेलाई दिएका थिए।

बुधबार, चैत्र २३, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...