प्रविधि प्रसारमा सक्रिय शीतोष्णबागवानी विकास केन्द्र मार्फा

हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा कृषि प्रविधि प्रसारमा केन्द्रीत हुँदै आएको छ ।
पछिल्लो समय शीतोष्ण फलफूल उत्पादनमा प्रयोग भएका नबिनतम तथा उन्नत प्रबिधिहरु स्थानिय तहमा कार्यरत कृषि प्राविधिकहरुलाई प्रसारण गर्ने उद्देश्य सहित पाँच दीने तालिम सकेको छ । शीतोष्ण वागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गको आयोजनामा चैत २० देखि २५ सम्म उन्नत फलफूल खेती बिषयक तालिम सम्पन्न भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ तथा हिमाली जिल्ला म्याग्दीका स्थानीय तहका प्राविधिकहरु सहभागि रहेको शीतोष्णबागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।
शीतोष्णबागवानी विकास केन्द्र मार्फाले फलफूलको बिकासमा प्रयोग भएका उच्च घनत्वमा स्याउ खेती, बिरुवा प्रसारण तथा तन्तु प्रजनन् सम्वन्धि प्रबिधिहरुवारे कृषि प्राविधिकहरुलाई सू–सूचित गराएको थियो । त्यस्तै तालिममा संघिय निकायवाट स्थानिय निकायमा लागु भएका फलफूल बिकास कार्यक्रमको अवस्था वुझ्ने र आगामी वर्षको लागि कार्यक्रम तर्जुमाका लागि फलफूल बिकास निर्देशनालयलाई माग गर्ने एवम् सल्लाह र सुझाव समेत संकलन गरिएको आत्रेयको भनाई छ । केन्द्र सरकार, प्रदेश र स्थानिय तहका कृषि प्राबिधिकहरु बिचको कार्यगत सम्वन्धलाई मजबुत बनाउनका लागि तालिम कोशेढुङ्गा सावित भएको सहभागीको बुझाई छ ।
शीतोष्ण वागवानी विकास केन्द्र, मार्फाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार भएको उन्नत फलफूल खेती बिषयक तालिम राष्ट्रिय फलफूल बिकास केन्द्र कीर्तिपुरको समन्वयमा गरिएको थियो ।
कृषि ज्ञान केन्द्र मुस्ताङ्गका प्राबिधिक सहायक हरि न्यौपाने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुस्ताङ्गका कृषि अधिकृत नेत्रप्रसाद भट्ट, शीतोष्णबागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेय लगायतले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिम ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवाहारिक कक्षाहरु सञ्चालन गरिएको थियो । तालिममा मुस्ताङ्ग जिल्लाका ५ गाँउपालिकाहरु र म्याग्दी जिल्लाका ४ गाँउपालिकाहरु वाट कुल १७ जनाको सहभागीता हरेको थियो ।
तालिममा दिएका सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरुले सहभागिहरुले आफ्नो क्षेत्रमा पुगेर तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न निकै सहज हुने तालिमका संयोजक भिमसेन भण्डारीले बताउनुभयो ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा ओखर, स्याउ, आरु, आरुबखडा, कागजी बदाम, रायो, मुला, गाजर, उच्च घनत्वको स्याउको बिरुवा एवम् तन्तु प्रजननबाट हाइब्रिट जातका बिरुवा उत्पादन हुँदै आएको छ । अहिले आयोजना भएको तालिमले पनि त्यहाँ उत्पादन हुने नयाँ प्रविधि प्रसार गर्न भुमिका खेलेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो ।

शुक्रबार, चैत्र २५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...