शिख माविका शिक्षक घिमिरेलाई बिदाई

सेते तिलिजा पुन
अन्नपूर्ण गाउँपालिका –५ स्थित शिख माध्यामिक विद्यालयमा अध्यापनरत शिक्षक पूर्ण बहादुर घिमिरेलाई बिहिबार विदाई गरिएको छ ।
शिख माविका स्थायी तृतीय श्रेणीका शिक्षक घिमिरले उमेर हद ६० बर्ष पुरा भएकाले अनिवार्य अवकाश प्राप्त गर्नुभएको हो । उहाँलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो ।
विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी लगायत शिखका अगुवा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उहाँलाई तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले स्रोतव्यक्तिको रुपमा सर्वोदय मावि भुरुङ तातोपानीमा खटाएको थियो । त्यसपछि मुक्तिमार्ग मावि घारको स्रोतव्यक्ति हुँदै फेरि शिक्षकको रुपमा शिख माविमा सरुवा भएर आउनु भएको थियो ।
शिक्षक घिमिरेलाई विद्यालयले सम्मान पत्र प्रदान गर्दै फूलमाला, अविर र खादाले भव्यताका साथ विदाई गरेको छ । विदाईहुँदै शिक्षक घिमिरेले लामो समय सम्म अध्यापन गरेको विद्यालय र विद्यार्थीको माया सधैभरि रहिरहने बताउनुभयो ।
उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको थप उन्नति र प्रगतिको कामना गर्दै सधै सत्मार्गमा लाग्न अभिपे्ररित गर्नुभएको थियो ।

बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...