रघुगंगाको दग्नाममा एमालेको चुनाबी प्रचार सभा

नेकपा एमालेले रघुगंगा गाउँपालिका–४, दग्नाममा हिँजो (आइतबार) चुनाबी प्रचार सभा गरेको छ । चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य थममाया थापाले जनताले स्वतन्त्रता चाहने र उनीहरुले आफ्नो मताधिकार स्वतन्त्रतापूर्वक प्रयोग गर्न चाहनुहुन्छ, त्यो अधिकारको एमालेले सम्मान गर्ने बताइन् ।

May be an image of 8 people, people standing, people sitting, outdoors and tree
पूर्व मन्त्री समेत रहेकी पोलिट व्युरो सदस्य थापाले नागरिकलाई डर, त्रास देखाएर मत दिन दवाव दिनेहरुको धाक, धम्कीलाई अब चुनौती दिने बताउँदै जनताले आफ्नो अधिकार स्वतस्फूर्त रुपमा प्रयोग गर्ने अवस्था आएको हुँदा त्यसको उचित सम्मानका लागि एमाले सधैँ कटिबद्ध रहेको बताएकी छन् ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले श्रमिक, मजदुर तथा सम्पूर्ण पछाडि परेका नागरिकको सम्मान गर्न सक्ने पार्टी एमाले रहेको बताए । उनले श्रमिकहरुको हकहितका साथै जीवन सुरक्षित बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना एमाले सरकारको पालामा आएर कार्यान्वयनको पाटोमा गएको हुनाले सबैको मत एमालेको सूर्य चिन्हमा हुनुपर्ने बताएका थिए ।
एमाले रघुगंगा गाउँपालिका अध्यक्ष एवं अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्कीले नेकपा एमालेको जितले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्ने बताएका थिए । उनले विधि र कानुनी राज्यका लागि पनि एमालेले जित्नुपर्नेमा जोड दिए । एमाले दग्नामका वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार ईन्द्रमान थजालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजाले मन्तव्य राखेकी थिइन् भने कार्यक्रम झलक शर्माको सञ्चालन र रिमती तिलिजाको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच सोही अवसरमा सम्पन्न एमालेको चुनाबी प्रचार सभाले गणेश थजाली अध्यक्ष, रेशम गर्बुजा उपाध्यक्ष, तिलक गर्बुजा सचिव र खबिर तिलिजा सहसचिव रहेको १८ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गरेको छ ।

आइतवार, बैशाख १८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...