क्यान म्याग्दीद्धारा बालगृहलाई एक थान कम्प्युटर सहयोग

कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित बालगृहलाई कम्प्युटर सहयोग गरेको छ । क्यानले सोमबार राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक कार्यक्रमका विच बालगृहलाई ४५ हजार रुपैयाँ मुल्य बराबरको एक थान कम्प्युटर सहयोग गरेको हो ।

उक्त कम्प्युटर क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालले बाल संगठनका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो । बालगृहको दैनिक प्रशासनिक कामलाई व्यवस्थित बनाउन र बालगृहका बालबालिकालाई कम्प्युटरको आधारभुत ज्ञान समेत प्रदान गर्न मदत पुगोस् भन्ने उद्धेश्यले कम्प्युटर सहयोग गरेको क्यान म्याग्दीका अध्यक्ष रिजालले बताउनुभयो ।सहयोगप्रति नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष शाक्यले क्यान म्याग्दीलाई धन्यवाद व्यक्त गर्नुभयो । बालगृहमा अहिले ११ जना संरक्षित बालबालिका रहेका छन् ।

मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री


sidebar ad
Loading...