बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा

म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई रक्षा गर्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन उपस्थित मतदातालाई आग्रह गर्नुभएको थियो ।

उहाँहरुले माओवादी विभाजित भइराख्दा हरेक निर्वाचनमा कांग्रेस र एमालेले नेतृत्वको अवसर पाएको धारणा सभामा राख्नुभएको थियो । उहाँले ब्यवस्था परिर्वतन गरेर देशको अवस्था परिवर्तन गर्न माओवादी केन्द्रका उम्मेद्वारलाई मतदान गर्न मंगलबासी दाजुभाई तथा दिदिबहिनीलाई आग्रह गर्नुभएको थियो ।

चुनावी सभामा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटीका सह–सचिव एवम् गाउँपालिका अध्यक्ष उम्मेदवार टेकबहादुर विकले वडोदेखि गाउँपालिकासम्म माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभएको थियो । उहाँले गाउँपालिकामा माओवादीको नेतृत्वमा पु¥याउनुभएमा सबै नागरिकलाई समान किसिमले विभेदरहित, छिटो छरितो सेवा प्रवाहको वातावरण निर्माण गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सुनमाया रोकामगरले देशको अवस्था परिवर्तन गर्न ब्यवस्था फेरेको माओवादीको नेतृत्व आवश्यक पर्ने बताउनुभयो । चुवानीसभामा वडानम्वर ३ र ४ का वडाअध्यक्ष उम्मेदवार याम रोका, मनमाया चोचाङ्गी लगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो ।
गाउँपालिका कमिटी उपाध्यक्ष मोहनलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई जिल्ला इन्चार्ज पौडेलले स्वागत एवम् सम्मान गर्नुभएको थियो । https://myagdionline.com/ बाट

शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...