बेनपा –८ द्वारा ट्राफिक प्रहरी कार्यालयलाई ल्यापटप सहयोग

बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई एकथान ल्यापटप सहयोग गरेको छ ।
आइतवार क्याम्पसचोक स्थीत वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष रामकृष्ण बराईलीले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४ इन्चको ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।
चालु आर्थिक बर्षका लागि ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालयले बिनियोजन गरेको बजेट मध्यबाट रु ८० हजारको ल्यापटप खरिद गरि सहयोग गरिएको वडा अध्यक्ष बराईलीले जानकारी दिनुभयो ।
वडाले ट्राफिक व्यवस्थापनका लागि रु ३ लाख बजेट विनियोन गरेको छ । ट्राफिक कार्यालयको माग र आवश्यकता अनुसार ल्यापटप कम्युटर सहयोग गरिएको र बाँकी रहेको बजेटबाट जेव्राक्रसिङ निर्माण तथा ट्राफिक सचेतनाका कार्यक्रम संचालन गरिने अध्यक्ष बराईलीले बताउनुभयो ।
ट्राफिक व्यवस्थापन सम्वन्धी विभिन्न तालिम तथा प्रशिक्षणहरुमा विद्यार्थी तथा चालकहरुलाई सचेनतामूलक फोटो, भिडियो प्रस्तुत गर्नका लागि वडाबाट प्राप्त ल्यापटपले महत्वपूर्ण सहयोग मिल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नेपालीले बताउनुभयो ।
ट्राफिक कार्यालयमा ल्यापटप नहुँदा विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतनाका कार्यक्रम सचालन गर्दा कठिनाई भएकाले वडा कार्यालयलाई ल्यापटप माग गरिएको प्रमुख नेपालीले बताउनुभयो ।

सोमवार, बैशाख २६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...