
यस वर्ष (२०७९) को “डम्बरकुमारी-गणेश आख्यान पुरस्कार” आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष गौतमलाई प्रदान गर्न लागिएको हो ।
यसैगरी २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई र २०७८ को डा. बेन्जु शर्मालाई पनि यसैपटक पुरस्कार प्रदान गरिने भएको छ ।
माया ठकुरी, एस्पी कोइराला, श्रीओम श्रेष्ठ, तुलसी हरि कोइराला, विष्णु विभु घिमिरे र मन्दिरा मधुश्री सदस्य रहेको छनौट समितिले पुरस्कृत स्रस्टाको छनौट गरेको हो । पुरस्कारको राशि रू.१५००१/- रहेको छ ।
यसअघि सो पुरस्कार २०७३ मा मोहनराज शर्मा, २०७४ मा डा. विणा हान्खिम र २०७५ सालमा श्रीओम श्रेष्ठलाई प्रदान गरिएको थियो ।
शुक्रबार, जेष्ठ २०, २०७९ मा प्रकाशित