मगर संघ पोर्तुगल र तक्सेरा समाज पोर्तुगलको सयुक्त आयोजनामा आयोजित “भुमे पुजा कार्यक्रम- २०२२” सम्पन्न

युरोप ,लिस्वन
मगर संघ पोर्तुगल र रुकुमको ईतिहासिक ठाउँको नामबाट नामाङ्कन गरिएको गठित तक्सेरा सामाज पोर्चगुलको संयुक्त आयोजनामा “भुमे पुजा कार्यक्रम २०२२”बिबिध सास्कृतिक समारोह बीच सम्पन्न भएको छ

उक्त कार्यक्रमको अध्यक्षता मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनको गर्नु भएको थियो,
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न पोर्चुगलमा रहेका संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो।
तक्सेराका निबर्तमान अध्यक्ष हिक्मत घर्ति मगर र अधिकारकर्मी ओम घर्ति मगर ,नेफिन पोर्तुगलका अध्यक्ष हेम गुरुङ , एन आर एन ए पोर्तुगलका आइ सि सि सदस्य एबम यस सस्थाका सरक्षक नारायण काजी थापा मगर ,निबर्तमान अध्यक्ष चोप कुमार राना मगर , तकसेरा समाजका प्रतिनिधि रुपधन घर्ति मगर, तमु समाज पोर्तुगलका अध्यक्ष बिकास गुरुङ, तामाङ समाजका अध्यक्ष सुजन लामा, राई किरात समाजका अध्यक्ष दीपेश राई, शेर्पा किदुगका प्रतिनिधि फुनुरु शेर्पा, लब्ध प्रतिष्ठीत ब्यक्तित्व सामाजिक अभियन्ता धना शेर्पा , राष्ट्रीय लोकदोहोरी प्रतिष्ठान युरोप शाखाका महासचिब सुबासचन्द्र पुन , मोना पोर्तुगलका महासचिब दिपु मगर, गायक अर्जुन सुनाम, बाध्यबादक एबम कलाकार बुद्द लामा, इमिग्रान्ट पोर्तुगलका तिमोटी मासेडो,मिडिया कर्मी लगाएत प्रवासमा रहेका नेपालीहरु बाक्लो उपस्थिति रहेको थियो,

बिशेषत मगरहरु संस्कृति संरक्षण गर्नको लागि उक्त आयोजना गरिएको मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनले जानकारी दिनु भएको थियो,

पुनले ईरुप्से सँग कुरामा भन्नु भयो बिशेस गरेर प्रबासमा कला सस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नको लागि आयोजना गरिएको र यो कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिईने समेत बताउनु भएको थियो
सहकार्य,साझेदारी र एक्यबद्धताको लागि तकसेरा समाज पोर्तुगललाई बिशेश गरेर प्रति कृतज्ञ व्यक्त गर्नु भएको छ,भने भुमे पुजा उदग्म स्थल रुकुमको तक्सेरालाई मान्ने गरिन्छ
उक्त कार्यक्रम संस्थाका महासचिब तेज गाहा मगरको सञ्चालनमा भएको थियो।

मङ्लबार, असार ७, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...