म्याग्दी प्रवासी नेपाली संघ(मोना) पोर्तुगल द्दारा राष्ट्रिय आबिष्कार केन्द्रलाई आर्थिक सहयोग

युरोप
लिस्वन पोर्तुगल
म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्चुलले २४ मे दिन एक कार्यक्रम बिच राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा. महाविर पुन सँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो
उक्त कार्यक्रममा रोमन म्यागेसेसी पुरस्कार साथै थुप्रै पुरस्कार बाट सम्मानित नेपाल रास्ट्रीय अविस्कार केन्द्र का संस्थापक डा महाविर पुन उपस्थितिमा पोर्तुगलमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनी हर,विभिन्न संघ संस्थाको प्रतिनिधि विशेष उपस्थिति रहेको थियो,
उक्तमा कार्यक्रममा डा पुन द्दारा नेपालमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल र निकट भविष्यमा गर्न सकिने आविष्कारहरुको बारेमा स्पष्ट पार्नु भएको थियो, उक्त अवसरमा राष्ट्रिय आविष्करण ले गर्दै गरेको कामको बारेमा समेत जानकारी गराउनु भएको थियो,

विगत केहि समय देखि हाल सम्म राष्ट्रिय आविष्कार केन्द्रको नाममा प्रतिबध्दता जनाएका दाताहरु बाट रकम संकलन गरि राष्ट्रिय आबिस्कार केन्द्र को खाता नम्बर नबिल बैकको खाता नम्बर ०४५००१०७०२१५११७०००००१मा नेपाली रुपियाँ रु १३६०४९४(अक्षेरुपी तेह्र लाख साठी हजार रुपियाँ )जम्मा गरिएको गरिएको संस्था उपाध्यक्ष नर प्रसाद फगामीले जानकारी गराउनु भएको छ
उक्त रकममा पोर्तुगलमा रहेका विभिन्न संघ संस्था र व्यक्तित्वहरु मार्फत संकलन गरिएको थियो,उक्त रकम व्यवस्थापनको लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले सहजिकरण गरेको थियो।
उक्त दान गर्ने दाताहरुलाई बिशेष गरि धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै खालको साथ सहयोग अपेक्षा गर्दै थप जिम्मेवार बोध गराएको छ, अमुल्य सल्लाह सुझाव समेत अपेक्षा गरिएको कुरा ईरुप्सेलाई संस्थाको महासचिव दिपु फगामी बताउनु भएको थियो।
उक्त रकम विवरण सम्पुर्ण जानकारी संस्था पेजमा समेत उपलब्ध गराईएको कुरा समेत बताउनु भयो।

बिहिबार, असार ९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...