मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड

इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमाको आवश्यकतामा जोड दिइएको छ ।

इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि समन्वय र सहकार्यका साथ अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नु भयो-‘मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वयका लागि आयोग हरहमेशा तयार छ ।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सहकार्यका साथ काम गर्दा सकारात्मक परिणाम प्राप्त हुने बताउनु भयो ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले पहुँचका आधारमा न्याय निरूपण हुन नहुने बताउँदै सबैले न्याय पाउने वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार संस्थाहरूको सहकार्यमा जोड दिनु भयो ।

राष्ट्रिय दलित आयोगका सदस्य जिवछ यादवले सबै आयोग र मानव अधिकार संस्थाहरूले संयुक्त रूपमा काम गर्नु पर्ने बताउनु भयो ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग र अन्य आयोगले सरकारलाई गरेका सिफारिश कार्यान्वयनका लागि दबाब दिनु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो-‘मानव अधिकार संरक्षणका सवालमा सहकार्य र समन्वयका लागि राष्ट्रिय मानव अधिकार आयोगले नेतृत्व लिनु पर्दछ ।’

photo20220622kathmandu

photo20220622kathmandu2

photo20220623kathmandu (2)

photo20220623kathmandu (3)

photo20220623kathmandu (4)

photo20220623kathmandu (5)

 

अनलाइन डेस्क

बिहिबार, असार ९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...