रहर

परार—
किसानले खेत रोप्यो
असारे गीत गायो
पानी प¥यो, परिरह्यो, परिरह्यो
बाढीले खेत बगायो
किसानको पसिनाको गीत हरायो
पोहोर—
असारमा किसानले बीउ छ¥यो
खेतमा सपना उमा¥यो
पानी परेन, परेन, पर्दै परेन
किसानको फूलबारीमा फूल फुलेन
यसपाला—
मंसिरमा
खेतमा धानका बाला झुल्न थाले
किसान धान नाच नाच्न थाले
सलह, सलह, सलह
बालीभरी सलहै सलह भरिए
किसानका मनका खुशीहरु चुँडिए
जे भए पनि
उडाएको छानो छाउनै प¥यो
हलो कोदालो चलाउनै प¥यो
आज आकाशमा
बादल मडारिएको के देखेथ्यो
किसानले विहानै खेतमा हलो ना¥यो
र गीत गाउन थाल्यो
“पसिना तरर
पुग्दैन कहिल्यै हजुर
किसानको रहर ।”

बुधबार, असार १५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री


sidebar ad
Loading...