प्रवासी नेपाली मञ्चले ४४ औं पुष्पलाल स्मृति दिवसको मनायो

युरोप पोर्चुगल,

प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटी कला,साहित्य तथा संस्कृति विभागद्वारा ४४ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित “कृति समालोचना तथा विमोचन कार्यक्रम २०२२” समापन एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा, कला, साहित्य तथा संस्कृति विभाग प्रमुख हेम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले)का उपमहासचिव, पुर्व पराष्ट्र मन्त्री तथा माननीय प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवाली रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा (एमाले) केन्द्रीय निवार्चन आयोगका अध्यक्ष तथा माननीय प्रतिनिधि सभा सदस्य डा. विजय सुब्बा रहनु भएको थियो ।
यसै गरी विशेष अतिथिहरु प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, सचिवालय सदस्य प्रभु थापा, सल्लाहकार परिषद् अध्यक्ष सन्जय थापा, समीक्षक शकुन ज्ञवाली, कृतिकारहरु कुन्ती थापा ,लिलाराज कार्की , युरोप ईन्चार्ज भक्त वाग्ले, युरोप कमिटी अध्यक्ष गोबिन्द पौडेल, अन्य महादेशीय कमिटी ईन्चार्जहरु, महादेशीय कमिटी अध्यक्षहरु रहेको थियो । साथै नेकपा एमालेका विभिन्न राष्ट्रिय कमिटीका अध्यक्षहरु, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त अवसरमा कुन्ती थापको उपन्यास ”फेसबुको मान्छे” र लिलाराज कार्कीको “क्षितिज पारिको बस्ती” कविता संग्रह विमोचन समेत गरिएको थियो।
उक्त अवसरमा नेकपा एमाले उपमहासचिव ज्ञवालीले कृतिहरुको विमोचन गर्दै रचनात्मक सुझाव समेत दिनु भएको थियो । उहाँले सुझाव भन्नु भयो कि लेखकले पाठकहरुलाई जीवनप्रति हिनतावोध गराउने खालको भन्दा पनि आशावादी श्रृजना लेख्न र लेखहरु अझै लेख्ने हौसला मिलोस भन्दै सफलता शुभकामना समेत व्यक्त गर्नु भएको थियो। कला,साहित्य तथा संस्कृति विभागलाई यसरी प्रवासमा रहेको अन्य कला/कृतिहरुको समेत खोजीनिती गरी यसरी नै बाहिर ल्याउन समेत सुझाव दिनु भएको थियो ।

नेपाल कम्यनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको जीवनीका पाँच वटा आयामहरु बारे प्रकाश पार्नुहुंदै वहाँप्रति उच्चसम्मान व्यक्त गर्नु भएको थियो । डा. विजय सुब्बाले प्रवासमा रहेर आफ्नो बचेको समयलाई कलम चलाएर सन्देश मुलुक र सचेना सहयोग पुर्याएकोमा विशेष धन्यवाद समेत दिनु भएको थियो ।

उक्त कार्यक्रम अनलाईन जुम भर्चुल माध्यमबाट भएको स्वागत गीत शिवराम ढकालको नेतृत्व रहेको टिमले स्वागत गीत मार्फत स्वागत गरेको कार्यक्रमको सञ्चालन विभागका सचिव खड्ग न्यौपाने गर्नु भएको थियो।


कार्यक्रमको समापन गर्दै कार्यक्रम अध्यक्ष हेम शेर्पाले प्रवासमा लुकेर बसेको प्रतिभाहरुलाई खोजीनिती गर्दै उचित सम्मान गरिने समेत जानकारी दिनु भएको थियो।

सोमवार, साउन ९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...