सुआरेज उरुग्वेको क्लबमा अनुबन्धित

उरुग्वेका फरवार्ड लुइस सुआरेज उरुग्वेको क्लब क्लब नासिनल डी फुटबलमा अनुबन्धित भएका छन् ।

नासिनलले फरवार्ड सुआरेजलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।

नासिनल उनको पहिलो क्लब समेत हो ।

३५ वर्षीय सुआरेज एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि बजारमा निशुल्क रुपमा उपलब्ध थिए ।

सुआरेज २०२० मा बार्सिलोनाबाट एट्लेटिको आएका थिए ।

एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर सुआरेजलाई क्लब भित्र्याएको हो ।

क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।

सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...