स्वास्थ्य चौकीलाई प्रसुती १८ लाख बढीको प्रसुती सामग्री हस्तान्तरण

वान हार्ट वल्डवाईडले हिमाली जिल्ला म्याग्दीमा झण्डै १८ लाख मूल्य पर्ने प्रसुती सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका र मंगला गाउँपालिकामा सुरक्षित सुत्केरी गराउनका लागि चालु आर्थिक वर्ष पाँच लाख ७० हजार एक सय २२ र गत आर्थिक वर्ष १२ लाख ५७ हजार छ सय ८२ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
वान हार्ट वल्डवाईडद्वारा संचालित स्थानिय सरकार संगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्र्तगत चालु आर्थिक वर्षमा म्याग्दी जिल्लाको ५ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको लागि आवश्यक औजार, उपकरण र साम्रग्रीहरु सहयोग गरेको वान हार्ट वल्डवाईडका म्याग्दी जिलला संयोजक उपेन्द्र चन्दले बताउनुभयो । चन्दका अनुसार स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुती सेवाको गुणस्तरमा अभिवृद्घी गर्ने हेतुले साम्रग्रीहरु हस्तान्तरण गरिएको हो । अन्नपुर्ण गाउँपालिकाको शिख र घारा स्वास्थ्य चौकी, मंगला गाउँपालिका अन्र्तगत रहेका बरंजा र कुहँु स्वास्थ्य चौकी तथा वेनी नगरपालिकाको सिंगा स्वास्थ्य चौकीलाई सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

वान हार्टले डेलिभरी बेड, प्रसुती सामग्रीहरु, बेबी वार्मरलगायतका सुत्केरी अवस्थामा आवश्यक पर्ने सामग्रीहरु स्वास्थ्यचौकीलाई उपलब्ध गराएको चन्दको भनाई छ ।
मंगला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाका अनुसार सुत्केरी गराउनका लागि आवश्यक पर्ने सामग्री मंगला गाउँपालिका–१ कुँहु र ३ र ४ बरंजाको स्वास्थ्य चौकीलाई उपलब्ध गराइँदा त्यस क्षेत्रका महिलाहरुले प्रत्यक्ष रुपमा लाभ पाउने भएका छन् ।
वान हार्ट वल्डवाईडले गत आर्थिक वर्षमा जिल्लाका १० वटा स्वास्थ्य संस्थाहरुमा वर्थिङ सेन्टरका सामग्रीहरु हस्तान्तरण गरेको थियो । गत वर्ष पाखापानी स्वास्थ्यचौकी, पात्लेखेत स्वास्थ्यचौकी, अर्मन स्वास्थ्यचौकी, दरवाङ प्रथामिक स्वास्थ्य केन्द्र, ताकम स्वास्थ्यचौकी, मुना स्वास्थ्यचौकी, ज्यामरुककोट स्वास्थ्यचौकी, भगवती स्वास्थ्यचौकी, भुरुङतातोपानी स्वास्थ्यचौकी र झिँ स्वास्थ्यचौकीलाई १२ लाख ५७ हजार छ सय ८२ रुपियाँ पर्ने सामग्री हस्तान्तरण गरेको थियो ।

बिहिबार, भदौ ९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...