विद्यालय निरन्तरताको लागि शैक्षिक सामग्री सहयोग 

बिचैमा विद्यालय छाडेका वा आफनो आर्थिक अवश्थाले विद्यालय छोड्न सक्ने बालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि मानव बेचविखन विरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले “ओ यु आर” को आर्थिक सहयोगमा सञ्चालित परियोजना मार्फत बालिकाहरुलाई शैक्षिक सहयोग गरेको छ ।

पोखरा महानगरभित्रका ५ वटा ंविद्यालय तालबाराही मा.वि, धर्मश्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मा.वि  र मसिना आधारभुत विद्यालयका २५ जना  बालिकालाई एक वर्ष पुग्ने शैक्षिक सामग्री सहयोग गरेको हो । शैक्षिक सामग्रीमा झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्याल्कुलेटरलगायत रहेको थियो ।

शक्ति समुहले ५८ औ राष्टिय बाल दिवसको अवसर पारेर अति आवश्यक, आर्थिक अवश्था कमजोर भएका बालिकाहरुलाई पोखरा महानगरपालिकाको  शिक्षा महाशाखासँग समन्वय गरि बिद्यालय निरन्तरताको लागि शैक्षिक सामाग्री वितरण गरिएको   शक्ति समुह, गण्डकी प्रदेश संयोजक, सरिता पौडेलले बताइन् ।

शक्ति समुहले  आर्थिक स्थिति कमजोर  भएका बालिकाहरुलाई विद्यालय निरन्तरताको लागी सहयोग गरेको छ, यसलाई विद्यालय र विद्यार्थीले सही प्रयोग गरी आप्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्दै आवश्यकता परेको ठाउँमा राज्यबाट पनि अभियान चलिरहेकोले यस अभियानमा शक्ति समुहको सहयोगले थप सहयोग गर्नेछ भनि पोखरा महानगरपालिकाको  शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । कार्यक्रममा शक्ति समुहको कार्यकारी निर्देशक बालकुमारी दर्लामीले संस्थाले  मानव बेचबिखन विरुद्धको सवालमा गर्दै आएका कामका बारेमा जानकारी दिदै यस शैक्षिक सामाग्रीलाई शक्ति समुहको मायाको चिनोको रुपमा ग्रहण गरी आप्नो पढाईलाई निरन्तरता दिनको लागी थप टेवा पुग्ने अपेक्षा राख्दै शिक्षालाई सबैको प्राथमिकतामा पर्नुपर्छ भन्दै बालदिवसको शुभकामना दिएकी थिइन् । आगामी दिनमा विद्यालयलाई थप सेवा मिलोस  र विध्यार्थीलाई प्रविधिमैत्री  वातावरणमा सहयोग पुगोस भनि प्रत्येक विद्यालयमा  दुई÷दुई वटा कम्प्युटर वितरण  गरिने समेत जानकारी गराइन् ।

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...