हरेक कोणबाट मजबुत हुन्छ मितेरी साइनो

-अमृत बास्कुने
म्याग्दीको राजनीतिक माहौलमा सँधै भीमप्रसाद गौचनका बिरोधीको नाम थियो पदमबहादुर । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु थिए । कृष्णप्रसाद र पदमबहादुरका बाबा एक थिए भने आमा दुई । पदमबहादुरलाई सबक सिकाउनु भीमप्रसाद गौचनकोको योजना र लक्ष्य पनि थियो । त्यही लक्ष्य पुरा गर्न कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले योजनाना मुताविक हराइदिए । भाइबाट हारेको झोकमा दाजुले केही गर्न सक्ने डरले कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचन सँग मित लगाइदिन आग्रह गरेपछि भीमप्रसादले भाइलाइ कृष्णको मित भन्दए । त्यस पछि उनीहरु दुई जनाबीच मित्रता बस्यो, परिवारका सदस्यहरुमा पनि मितेरी नाता कायम भयो । एसियन खेलकुद प्रतियोगिताका कराँते प्रतियोगितामा स्वर्ण बिजेता जगतको साथ पछि कृष्णलाई कहिँ कतै बाट कुनै त्रास भएन । एसियन खेलकुद प्रतियोगितामा नेपालकालागि पहिलो एवम् एक मात्रै स्वर्ण पदक विजेत जगतको साथले कृष्णलाई निकै फाइदा भयो ।

वि.सं. २०३६ तिर रुकुम जाने समयमा त्यहाँका हरिसंकर घर्तीमगरसँग मित लगाएका थिए बेनी नगरपालिका–५ घर भै हाल बेनी बजारमा बानियाँ गहना पसलका सञ्चालक लिलाबहादुर बानियाँले । मित लगाएको ४४ वर्ष वित्यो अहिले पनि उनीहरुको सम्बन्ध र सम्पर्क जारी नै छ । म्याग्दी बाट चाँदी खरीदका लागि रुकुम जाने समयमा मितले त्यहाँ चाँदी खोज्न मद्दत गर्ने र बस्नका लागि पनि व्यवस्था गर्थे बानियाँलाई । मित म्याग्दी तिर आउँदा पनि बानियाँले मितका लागि अवश्यक पर्ने सर सहयोग गर्ने गर्दथे, सम्बन्ध निकै मजबुत र सुमधुर थियो पहिला अहिले पनि सम्पर्क नभएको केही समय भए पनि मित्रता हाम्रो जारी नै छ । पहिला सम्पर्क भै रहन्थ्यो भुकम्पको समयमा मेरो फोन हरायो र उहाँको नम्बर म सँग नहुँदा अहिले कुरा गर्न पाएको छैन २०७४ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घर्तीले टेलिफोनमा भने । विगतमा राम्रो सम्पर्क सम्बन्ध थियो मनमा मायाँ उस्तै छ तर अहिले सम्पर्क भएको छैन, म सम्पर्क गर्न खोजी रहेको छु ।पञ्चायत कालमा चार पटक सांसद भएका भीमप्रसाद गौचनका बाबाका दुई जना र आमाका ३ जना मित थिए । बाबाको तीन जना र आमाको दुई जना मित हुँदा राजनीतिक रुपमा विजय हुनका लागि सहज भएको भीमप्रसादको अनुभव छ । राप्रपाका केन्द्रीय नेता गौचन भन्छन् मितेरी साइनोहरुबाट सँधै सहयोग पाइ रहेको कारणले गर्दा मलाइ राजनैतिक रुपमा फाइदा गरेको हो । बाबा र आमाका पाँच जना आफ्नो अनि भाइको मितेरी सम्बन्धले गर्दा जिल्लाको प्रतिनिधित्व गर्दै निर्वाचित हुनकालागि सहज भएको गौचनको अनुभव छ । आ–आफ्नो मात्रै नभएर फरक जातजाति संगको सम्बन्ध जोड्नका लागिपनि मितेरी साइनो निकै राम्रो भएको गौचन सुनाउछन् । आफूले जित्ने मात्रै होइन मितेरी साइनो र सम्बन्धकै जोडबलमा कृष्णप्रसादलाई उनकै दाजु पदमबहादुर सँग चुनावमा भिडाएर सानदार तबरले हराइदिएको थिएँ–गौचनले मितेरी साइनोको फाइदाबारे अनुभव सुनाए ।

मंगला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ र स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले पवित्र धार्मिक स्थल गलेश्वरधाममा धार्मिक विधि अनुसार मित लगाए । पछिल्लो समय मित लगाउने युवाहरु मध्ये उनीहरु नै हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषको तथ्याङ्क अनुसार जगत र लेखनाथकै मित लगाएको पहिलो भएको बताउछन् कोषका कार्यालय सचिव रामबहादुर बानियाँ । मित मित भन्ने गरिन्थ्यो मन्दिरमै गएर त्यसलाई औपचारीकता दिएर बिधि सम्बत मितलगाएको बताउनहुन्छ लेखनाथ रोका । एउटै कार्यलयमा काम गर्ने मात्रै नभएर धेरै कुरामा हाम्रो एकरुपता भएकोले पनि मित लगाउन सहज भएको रोकाको भनाई छ ।

जुठो लाग्छ पनि लाग्ने भएकोले मित भनेको निकै महत्वपूर्ण सम्बन्ध हो । मित लगाउने कामले भावनात्मक सम्बन्ध कसिलो बनाउँछ, सुखदुःखमा मेरा पनि कोही छन् है भन्ने भाव जगाउँछ । अनि नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए मितको घरमा बास पाइने मान्यता छ । धार्मिक ग्रन्थ श्रीस्वस्थानी ब्रत कथामा पनि मितको महत्व दर्साइएको छ । ब्रतकथामा प्रसाद दिनका लागि आफ्नो नभए मितको छोरोलाई दिने भन्ने बाक्यांशले धार्मिक ग्रन्थमै स्थान भएको मितेरी साइनोलाई अहिले भुल्न नहुने पूर्व मन्त्री गौचनको भनाई छ ।मितेरी साइनो गाँस्ने क्रममा कुनै मन्दिरमा गई वा उपयुक्त स्थानमा मण्डप वा वेदी नै तयार गरी गणेश, दीप र कलश स्थापना गरी हवन गराई अष्टचिरञ्जीवी र नवग्रहहरूको पूजा गरी–गराई मितेरी साइनो सम्बन्ध गाँस्ने परम्परा रहेको पाइन्छ । यस्तै बिधी अपनाएर मंगला गाउँपालिकामा कार्यरत कर्मचारीद्वय जगत र लेखनाथले मित लगाएका हुन् ।

बेनी नगरपालिका–६ का मानबहादुर खत्रीले रुकुमको टकसेराका श्यामबहादुर बुढा संग मित लगाएका थिए । वि.सं. २०३५÷०३६ साल तिर ब्यापारको शिलशिलामा त्यता पुग्दा मित लगाएका थिए मानबहादुरले । पहिले–पहिले अहिलेजस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । त्यस अवस्थामा धेरै दिनसम्म लामो पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो । खानपानको समस्याका साथसाथै बीच बाटोमा बास बस्नुपर्ने हुन्थ्यो तर यसरी विभिन्न ठाउँका मित्रहरूसँग साइनो गाँसिसकेपछि त्यही साइनोका आधारबाट आफ्नो मितज्यूकहाँ खानपान गर्ने र बास बस्नका लागि पनि सहज हुने भएकोले मित लगाएको थिएँ मानबहादुर सम्झन्छन् ।

गलेश्वर मन्दीरमा जगत र लेखनाथ मिन लगाउँदै ।

आइतवार, अशोज २, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...