टिस्युकल्चर बिधिका बिरुवाको माग मार्फाले धान्नुपर्छ ः कोइराला

अमृत बास्कुने

आधुनिक समयको माग अनुसारको टिस्यु कल्चर बिधिबाट तयार गरीएका हाइब्रीड प्रकारका बिरुवाको मागलाई शितोष्ण बागवानी विकास केन्द्र मार्फाले धान्नु पर्ने राष्ट्रिय फालफुल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाले बताउनुभएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फलफु विकास केन्द्र किर्तीपुरका प्रमुख सहसचिव कोइरालाले उक्त कुरा बताउनुभएको हो । मार्फामा टिस्यु कल्चर विधिबाट बिरुवा उत्पादन गरिने भएकाले उक्त उत्पादनलाई बृद्धि गर्दै माग अनुसारको उत्पादन गर्ने क्षमता विस्तार तर्फ सबैले ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।


शीतोष्ण बागवानी विकास केन्द्र मार्फा तत्कालिन श्री ५ को सरकारको तेस्रो पञ्चवर्षीय योजना कालमा भारतीय सहयोग नियोग एवम् नेपाल सरकारको संयुक्त प्रयासमा वि.सं. २०२३ असोज २ गते अर्चाड कम नर्सरीको रुपमा स्थापना भएको थियो । तत्कालिन मुस्ताङ जिल्लाको मार्फा गा.वि.स.मा स्थापना भएको केन्द्रले ५४ वर्षको अबधिमा विभागीय संरचनामा परिवर्तन गर्दै आएको थियो । अर्चाड कम नर्सरी थाक मार्फा २०२३ सालमा स्थापना भएर पाँच वर्ष पछि कृषि फार्म थाक मार्फा २०२९ सालमा भएको थियो र उक्त फार्म १३ वर्ष पछि राष्ट्रिय शीतोष्ण बागवानी अनुसन्धान केन्द्र मार्फाको रुपमा २०४३ सालमा रुपान्तण भएको थियो । २०५२ सालमा बागवानी केन्द्रको रुपमा रुपान्तरण भएको उक्त केन्द्र २०६१ सालमा शीतोष्ण बागवानी विकास केन्द्रको रुपमा रुपान्तरण भएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्राविधिक सहायक भीमसेन भण्डारीले बताउनुभयो । एक सय ७५ रोपनी क्षेत्रफल मार्फामा ओगटेको उक्त केन्द्रको जोमसोममा एक रोपनी, घाँसामा २० रोपनी जमिन रहेको छ ।
शीतोष्ण वागवानी विकास केन्द्र मार्फाको स्थापना दिवसको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, स्याउ जोन मुस्ताङका प्रमुख डा.सुधिर थापालगायतले मन्तव्य राख्नुभएको थियो । शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख विनयबाबु कोइरालाको अध्यक्षता, अशोक लिम्बुको स्वागत, दिनेश सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रम केन्द्रबाट उत्पादीत कृषि जन्य उत्पादनको प्रदर्शनी समेत गरीएको थियो ।

बुधबार, अशोज ५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...