नवौं राष्ट्रिय : महिला भलिबलमा एपीएफले आर्मीलाई हरायो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार एपीएफले त्रिभुवन आर्मीलाई  ३-१ को सेटमा पराजित गरेको हो ।

एपीएफले आर्मीलाई २५–२०, १९-२५, २५–२१ र २५–२३ को सेटमा हराएको हो।

जितसँगै तीन टिम रहेको समूह ‘ए’बाट एपीएफ र आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा समूह ‘ए’को विजेता एपीएफ र समूह ‘सी’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन ।

यसैगरी समूह ‘सी” को विजेता नेपाल पुलिस क्लब समूह ‘ए’को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतवार, अशोज ३०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...