पर्थको नेपाल फेस्टिभलले अस्ट्रेलियनहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छ – याम केसी

म्याग्दीका याम केसी सन् २००९ मा अस्ट्रेलिया आएका हुन् । उनी अस्ट्रेलिया आउनुअघि म्याग्दीको बेनी नगरपालिकास्थित म्याग्दी एकेडेमी बोर्डिङ हाई स्कुलमा संस्थापक प्रधानाध्यापकको रूपमा काम गरे। उनी दश वर्ष वेस्टर्न अस्ट्रेलियास्थित पर्थको अस्ट्रेलियन एसियन एसोसिएसनको युवा संयोजक हुँदा ४० भन्दा बढी बहु सांस्कृतिक समुदायहरूसँग मिलेर काम गरे । नेपाल देखिनै शैक्षिक पृष्ठभूमि भएका केसीले अस्ट्रेलिया आएपछि पनि शैक्षिक क्षेत्रमै लगानी गरे । उनी अहिले पर्थमा एभरेस्ट ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिसेजका अध्यक्ष हुन् भने उनले नेपाल फेस्टिभल पर्थ २०२२ लाई ‘टाइटल स्पन्सर’ को रूपमा प्रायोजन गरेका छन्  । केसीसँग नेपाल आइजले गरेको कुराकानीको सम्पादित अंश : 

नेपाल फेस्टिभल पर्थमा सहयोग गरेर समुदायलाई के सन्देश दिन खोज्नु भएको हो ? 

हाम्रो नेपाली संस्कृतिलाई वेस्टर्न अस्ट्रेलियाको बहु सांस्कृतिक समुदायहरूमाझ प्रवर्द्धन  र स्थापित गर्न नेपाल फेस्टिभल पर्थ २०२२ मा टाइटल स्पन्सरको रूपमा प्रायोजन गर्न पाउँदा मैले गौरवान्वित महसुस गरेको छु ।  यस सन्दर्भमा म र मेरो कम्पनी एभरेस्ट ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिसेज गर्व गर्नुका साथै विविधतायुक्त नेपाली संस्कृतिलाई वेस्टर्न अस्ट्रेलियन समुदायको  मूल प्रवाहमा ल्याउने जिम्मेवारी पनि वहन गर्दछ । यस्तो कार्यक्रमले हामीलाई सधैँ आफ्नो संस्कृतिलाई अरू माझ चिनाउने र नेपाली भएकोमा गर्व गर्ने राम्रो अवसर प्रदान गर्दछ ।

नेपाल फेस्टिभलमा के लाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ ?

नेपाल फेस्टिभल पर्थ नेपालीहरूका लागि  खुसी साटासाट गर्ने स्थल त अवश्य हुन्छ नै तर,अस्ट्रेलियनहरूका लागि पनि नेपाल महोत्सव ऐतिहासिक र महत्त्वपूर्ण क्षण हो किनभने वेस्टर्न अस्ट्रेलियाबाट नेपाल घुम्न गएका अस्ट्रेलियनहरू धेरै छन् । उनीहरूले नेपालको विविध कला, संस्कृति र नेपाली खानपानलाई मिस गरेका हुन सक्छन् । यो फेस्टिभलले एक त उनीहरूलाई नेपाल र त्यहाँ बिताएका पलहरूको स्मरण गराउनुका साथै अन्य अस्ट्रेलियनहरूलाई  नेपाल घुम्न जान प्रोत्साहन  गर्नेछ । जसले गर्दा नेपालको आर्थिक पर्यटनमा थप टेवा पुग्ने छ । अस्ट्रेलियनहरूलाई नेपाल प्रति कसरी आकर्षण गराउने भन्ने कुरामा महोत्सव केन्द्रित हुनुको साथै पर्थमा नेपालीहरूको राम्रो उपस्थिति छ भन्ने पनि सन्देश दिन्छ ।

नेपाल फेस्टिभलमा सहभागी हुँन पाउँदा तपाँइलाइ कस्तो लागिरहेको छ ?

 म लगायत  पर्थमा बस्ने हामी सम्पूर्ण नेपालीका लागि नेपाल फेस्टिभल महत्त्वपूर्ण चाडपर्व  बन्न पुगेको छ । त्यसैले यसलाई पर्व जस्तै सम्झेर एक दिनका लागि वेस्टर्न अस्ट्रेलियामा भएका नेपालीहरू सबै सहभागी बनौँ र यसलाई भव्यताका साथ मनाऔँ । सके सम्म आफूले काम गर्ने स्थलहरूमा नेपाल फेस्टिभलको बारेमा कार्यस्थलका सहकर्मीहरूलाई सूचना दिऔँ साथै यो महोत्सवको बारेमा सामाजिक सञ्जालमा एक व्यक्ति कम्तीमा एक पोस्ट शेयर गरौँ र अरुलाइ पनि  शेयर गर्न प्रोत्साहन गरौँ । यो हाम्रो पर्व हो हामी पनि सहभागी बनौँ अरुलाइ पनि सहभागी गराऊ । पर्थमा नेपालीहरूको सङ्ख्या बढेसंगै यो मिनी नेपाल जस्तै भइसकेको छ । त्यसैले नेपाली संस्कृतिको प्रवर्द्धन गर्न पाउँदा म हर्षले  गद गद भएको छु।

पर्थमा बसेर यहाँले समुदायका लागि के कस्ता सामाजिक कार्यहरू गर्नुभएको छ ।

मैले अस्ट्रेलियन एसियन एसोसिएसनको युवा संयोजक भएर काम गर्ने क्रममा वेस्टर्न अस्ट्रेलियामा रहेका बहुसांस्कृतिक समुदायहरूको माझमा थुप्रै स्पोर्ट टुर्नामेन्ट् र बहुँसास्कृतिक कार्यक्रमहरूको आयोजना गरेको थिए । त्यसैले हाम्रो  नेपाली कला, संस्कृति, खेलकुदका साथै सम्पूर्ण इन्टरपेनरहरुलाई  वेस्टर्न अस्ट्रेलियामा रहेका बहु सांस्कृतिक समुदायहरूका माझमा स्थापित र परिचित गराउनु म सक्रिय रूपमा विगतदेखिनै लाग्दै आएको छु । साथै एनआरएनए वेस्टर्न अस्ट्रेलियाको युवा संयोजक रहेर पनि विगतमा समुदायलाई साह्रो गाह्रोपर्दा सहयोग गरेको थिए । पर्थमा हुने विभिन्न कला संस्कृति, साहित्य साथै खेलकुदका धेरैजसो  कार्यक्रमहरूमा टाइटल स्पन्सरको रूपमा आर्थिक तथा  नैतिक सहयोग गर्दै  आएको छु । अक्टुवर देखि  शुरुभएको डब्लु ए नेप्लिज सकर लिग २०२२ को पनि हामी टाइटल स्पन्सर हौँ ।यो लिग मल्टिकल्चरल समुदायका खेलाडीहरू बिच हुँदैछ । अक्टोबरमा  सुरु भएको लिग डिसेम्बरमा समापन हुने छ ।

पर्थमा तपाँइहरु चाहिँ हाल के गरिरहनु भएको छ नि ?

मैले अस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका र न्यूजील्याण्ड जस्ता विकसित देशहरूमा नेपाली विद्यार्थीहरूको ग्लोबल क्यारियरको लागि गेटवेको रूपमा नेपालमा एभरेस्ट ग्लोबल एजुकेसन/भिसा सिद्धार्थ चोक, चिप्लेढुंगा, पोखरामा दर्ता गरे ।

मैले  जनवरी १ , २०२१ मा वेस्टर्न अस्ट्रेलियाको पर्थमा १०२ जेम्स स्ट्रिट (ग्राउन्ड फ्लोर) नर्थ ब्रिजमा अन्तर्राष्ट्रिय शाखा विस्तार गरे । हामीले नेपाली विद्यार्थी मात्र होइन, भुटान, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स आदि जस्ता विभिन्न देशका विद्यार्थीहरूलाई पनि सेवा प्रदान गर्दै आएका छौँ ।

त्यसपछि मैले  काठमाडौँको नयाँ बानेश्वर र म्याग्दीको बेनी बजारमा शाखा विस्तार गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न थाले ।

तपाईँहरूले के  के सेवाहरू दिनुहुन्छ ?

वेस्टर्न अस्ट्रेलियामा हाम्रो संस्कृतिलाई प्रवर्द्धन गर्नका साथसाथै, एभरेस्ट ग्लोबल एजुकेसन/भिसाले  हाम्रा योग्य र अनुभवी एजुकेसन काउन्सिलर र माइग्रेसन कन्सल्टेन्ट (एजेन्ट) मार्फत एडमिशन तथा स्टुडेन्ड भिसा प्रोसेस,माइग्रेसन सर्भिसेज,परामर्श तथा सेवा दिन्छौँ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

हाम्रो संस्कृतिलाई अरू माझ संवर्द्धन र प्रवर्द्धन गरौँ र आफू पनि  सहभागी बनौं  र अरूलाई पनि सहभागी हुन प्रोत्साहन गरौं महोत्सवलाई सफल बनाऊ । यदि तपाईँ र तपाइका आफन्तहरूको क्यारियर सम्बन्धमा परामर्श कोर्स  सेलेक्सन, एडमिसन, कोर्स चेन्ज, स्टुडेण्ड  कलेज अथवा  युनिभर्सिटी चेन्जेजका साथै स्टुडेन्ट भिसा एक्सटेन्सन टिआर ग्राजुएड भिसा तथा कुनै पनि प्रकारको भिसाको लागि  सहयोग चाहिन्छ भने कृपया हामीलाई+61424005942 फोन वा [email protected] मा इमेल गर्न सक्नुहुन्छ । 

नेपाल आइजबाट साभार

बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...