म्याग्दी प्रदेशसभा (१) मा माओवादीका भण्डारी विजयी

म्याग्दीको प्रदेशसभा (१) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारी विजयी हुनुभएको छ ।

बुधबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले १२ हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी, उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर केसीले ११ हजार ७६५ मत प्राप्त गर्नुभयो ।

२८ हजार ७८ मत खसेकोमा ९५९ मत बदर भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रविन शाहीले दुई हजार ४९ मत प्राप्त गर्नुभएको छ ।

बिहिबार, मंसिर ८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...