आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलवारदेखि शुरु भएको छ । ६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको पहिलो कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सम्पन्न भएको हो ।

रेश सेवा केन्द्र अन्तरतका शेयर सदस्यहरुको सहभागिता रहेको साधारणसभामा सहकारीमा सदस्यको भूमिका, आयआर्जन र वचतका लागि सहकारी र सदस्यबीचको सम्बन्ध, वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्ष र १० वर्षे रणनीतिक योजना अन्तरगत बनेका योजना र कार्यक्रमहरुको बारेमा सदस्यहरुबीच छलफल भएको थियो । सदस्यहरुको सक्रियतामा मात्रै सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन हुने भएकाले सदस्य भेटौ ः सदस्य सुनौ लगायतका कार्यक्रम संस्थाले सञ्चालन गर्दै आएको अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव ललिता थापाले संस्थाको प्रगति प्रतिवेदन र सम्पादक राम बहादुर जिसीले समग्र अवस्थाका बारेमा सहजीकरण गर्नु भएको थियो । साधारणसभाको उद्घाटन काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछानेले गर्नु भएको थियो । अध्यक्ष लामिछानेले पछिल्लो समय आदर्श सञ्चार सहकारी संस्था सञ्चार क्षेत्रमा नेपालकै नमूना सहकारी संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गर्दै आएको बताउनभयो ।

उहाँले सहकारी मार्फत सञ्चालित विभिन्न मिडियाले कृषकहरुको प्रर्बद्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको बताउदै सहकारी संस्थाको सञ्चार र आर्थिक क्षेत्रको प्रगतीका लागि शुभकामना व्यक्त गर्नुभयो । ‘नेपालकै सञ्चार सहकारी संस्थाको नाम आउदा आदर्श सहकारीको नाम आउछ, अग्रणी संस्थाको रुपमा रहेको सहकारीले सहकारी क्षेत्रको विकासमा समेत उल्लेख्य भूमिका खेलेको छ’ लामिछानेले भन्नुभयो ‘रेशबाट सहकारीले संस्थाले शुरु गरेको १६ औं वार्षिक साधारणसभा सफलताको सुभकामना ।’

साधारणसभामा जनप्रतिनिधि वडा सदस्य चित्र कुमारी थापा शारदा, संस्थाका सल्लाहकार रुद्र बहादुर महत, रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापा, रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कर्जा कारोवार गर्ने लाली थापा, दीर्घकालिन बचत तर्फ उत्कृष्ट कारोवार गर्ने सीता गुरुङ, उत्कृष्ट परिवार तर्फ प्रेम लामिछाने, कमला क्षेत्री, निश्चल लामिछाने र सफल लामिछानेको परिवारलाई पं्रशसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु काठेखोला गाउँपालिका–७ रेशको जनप्रतिनिधिमा निर्वाचित वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य प्रेम बहादुर कार्की र शारदा थापालाई सम्मानित गरिएको थियो ।

संस्थाले सञ्चालन गरेको पेन्सन कोषबाट ७० वर्ष पुरा भएका जेष्ठ शेयर सदस्य रन बहादुर जिसी, पूर्ण बहादुर कार्की, नन्द कुमारी जि.सी, अमर बहादुर सुनारलाई पेन्सन स्वरुप मासिक २ सयका दरले २ हजार ४ सय र अपाङ्गता भएका शेयर सदस्य भक्त बहादुर कुँवरलाई १ हजार अपाङ्गता भत्ता प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सहसचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियानसञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस आर्थिक वर्षदेखि सहकारी नमुना गाउँ, वातावरण संरक्षण, सहकारी पुस्तकालय, विपन्नका लागि छात्रवृति लगायतका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

मङ्लबार, मंसिर २०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...