युक्रेनमाथिको आक्रमणलाई पुटिनले पहिलोपटक दिए युद्धको संज्ञा, तन्काउने पक्षमा नरहेको जिकिर

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणलाई पहिलोपटक युद्ध भनेका छन्।

यसअघि विशेष सैन्य अपरेशन बताउने गरेका पुटिनले बिहीबार दुई मुलुकबीचको द्वन्द्वलाई पहिलोपटक युद्ध भनेको सिएनएनले जनाएको छ।

‘हाम्रो लक्ष्य दुई मुलुकबीचको सैन्य द्वन्द्वलाई बढाउने भन्दा पनि यो युद्धको अन्त्य हो। युद्ध बढाउने पक्षमा हामी कहिल्यै छैनौँ,’ पुटिनले भनेका छन्।

गत मार्चदेखि आलोचकलाई युक्रेनमाथिको आक्रमणलाई युद्धको संज्ञा दिन रूसमा निषेध थियो। विशेष कानुनमार्फत रूसको आक्रमणलाई युद्ध भनेमा जरिवाना देखि १५ वर्षसम्म जेल सजाए तोकिएको थियो।

युक्रेनमाथिको आक्रमणलाई पुटिनले युद्धको संज्ञा भुलवश भने नदिएको जानकारको मत छ।

रूसले फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेको थियो। युक्रेनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिँदै  सुरक्षा चुनौती बढाउन खोजेको भन्दै रूसले आक्रमण गरेको थियो।

दुई मुलुकको द्वद्वमा हालसम्म दुबै पक्षका १-१ लाख सेनाको मृत्यु भएको छ भने दुबै पक्षका ४० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार युद्धका कारण ७० लाख ८० हजार मानिस शरणार्थी बनेका छन्।

शुक्रबार, पुस ८, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री


sidebar ad
Loading...