महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ ः कटुवाल

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा हुन लागेको म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा पुस २८ गते (भोलि)देखि माघ ७ गतेसम्म सातौंं म्याग्दी महोत्सव सुरु हुँदैछ । ‘उद्योग व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ सातौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७९ आयोजना गरिएको छ । अहिलेको यो महोत्सव नेपालको जारी संविधान–२०७२ अनुसार मुलुक नयाँ संरचनामा गएपछिको दोस्रो महोत्सव हो । २०६० सालबाट म्याग्दीमा महोत्सव लगाउन सुरु गरिएकोमा हालसम्म पनि जारीरहेको छ । यस पटकको महोत्सवको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् । महोत्सवको आयोजकहरुमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा गण्डकी प्रदेश भित्रका सबै स्थानीय तह र जिल्ला एवं नगर उद्योग वाणिज्य संघहरु छन् । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पोखरा र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर सहयोगी संस्था रहेको महोत्सवको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । यसै सिलसिलामा म्याग्दी महोत्सवको विषयमा आधारित रहेर महोत्सवको मूल संयोजक समेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालसँग गरिएको कुराकानीको सम्पादित अंश ः
म्याग्दी महोत्सवका मुख्य आकर्षणहरु के–के हुन् ?
विगतदेखिको महोत्सवले पनि पर्यटन प्रवद्र्धनलाई नै केन्द्रमा राखेको यथार्थ सबैलाई अबगत नै छ । यसपालिको महोत्सवमा विभिन्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रदर्शनी, महिला तथा पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, खुल्ला लोकदोहोरीगित प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, गण्डकी लोकस्टार प्रतियोगिता, महिला तथा पुरुष लठो तान्ने प्रतियोगिता, महिला तथा पुरुष छेलो फ्याँक्ने प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान प्रतियोगिता, जातजाति जनजातिका झा“की र भेषभूषा प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाँच प्रतियोगिता, कालीगण्डकी नदीमा ¥याफ्टिङको व्यवस्था, हेली सयर, बाल उद्यान, मिनी चिडियाघर, स्थानीय र राष्ट्रिय कलाकारहरुबाट साङ्गीतिक कार्यक्रम प्रस्तुती, म्याग्दी जिल्लामा रहेका जातजाति जनजातिका परम्परागत स्थानीय कला र संस्कृति झल्कने कार्यक्रमहरुको प्रस्तुती यस वर्षको महोत्सवका मुख्य आकर्षणहरु हुन् ।
महोत्वस आयोजनास्थल बेनीबजारको खुल्लामञ्च प्रवेश गर्नका लागि कस्तो व्यवस्था गरिएको छ ?
यस पटकको महोत्सवमा पनि विगतमा भए जस्तै भनौं वा मेला तथा महोत्सवमा हुने जुन नियमित प्रक्रिया नै हो त्यसका लागि प्रवेश टिकटको व्यवस्था गरिएको छ । महोत्सवस्थल प्रवेश गर्नका लागि दुईहजार रुपैयाँको टिकटलाई महोत्सव अवधिभर भित्र बाहिर गर्ने र मुख्य कार्यक्रमस्थलमा कुर्सीको व्यवस्था गरिनेछ । त्यस्तै पाँचसय रुपैयाँ मूल्यको टिकटलाई महोत्सव अवधिभरी नै भित्र बाहिर गर्ने व्यवस्था गरिएको भए पनि बस्ने कुर्सी भने हुनेछैन । यसैगरी अर्को भनेको एकसय रुपैयाँको टिकटलाई पटके पासको रुपमा प्रयोग हुनेछ । उक्त टिकटमा विद्यार्थी तथा ‘ख’ र ‘ग’ वर्गका फरक क्षमता भएकाहरुको लागि ४० प्रतिशत छुटको व्यवस्था हुनेछ । सो एकसय रुपैयाँ मूल्यको प्रत्येक टिकटबाट १४ रुपैयाँ विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थालाई वितरण गरिनेछ । उक्त रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीलाई प्रत्येक टिकटबाट एक रुपैयाँ, योग साधना हल निर्माणका लागि एक रुपैयाँ, व्यापारिक हितकोषका लागि १० रुपैयाँ, बसपार्क तथा बेनीबजार सरसफाइ व्यवस्थापनका लागि एक रुपैयाँ र नेपाल बाल सङ्गठनलाई एक रुपैयाँ छुट्याइने छ ।
महोत्सव स्थलको मुख्य आम्दानीको स्रोत भनेको व्यापारिक स्टल भएकाले सुरक्षाको व्यवस्था कस्तो छ ?
यो महत्वपूर्ण कुरा हो । महोत्सव आयोजना गर्ने हरेक स्थानमा स्टल भाडाबाट नै आयोजकले आम्दानी गर्नका लागि सहज हुने हो । अहिलेको महोत्सवमा पनि हामीले महोत्सवस्थलमा बनाएको स्टलको सुरक्षालाई ध्यान दिएका छौं । महोत्सवमा भएका स्टलको सबै प्रकारको बिमा गरिनेछ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र बल म्याग्दीबाट सुरक्षाको समेत समन्वयमा सुरक्षा व्यवस्था चुस्त बनाइने छ । त्यस्तै सिभिल डे«समा सुरक्षाकर्मीको व्यवस्था मिलाउनुका साथै स्वयंसेवकको समेत व्यवस्था मिलाइनेछ । त्यतिमा मात्रै सीमित नभएर हामीले कार्यक्रमस्थलमा सिसिटिभी क्यामेराबाट समेत निगरानी गर्ने व्यवस्था मिलाएका छौं ।
व्यापारिक तथा अन्य स्टलको भाडा निर्धारण कसरी गरिएको छ ?
महोत्सवमा राखिने स्टलहरुमा विधागत रुपमा भाडा निर्धारण गरिएको छ । स्कुटर तथा मोटरसाईकलको स्टलका लागि २० हजार रुपैयाँ भाडा तोकिएको छ । त्यस्तै ट्याक्टरका लागि २५ हजार, भ्यान, कार, जीप, बस जस्ता सवारीसाधनको स्टलका लागि ३५ हजार, होटल तथा रेष्टुरेन्टका लागि ६० हजार, ४५ हजार र ३० हजार तथा २५ हजार रुपैयाँको पनि मूल्य निर्धारण भएको छ । त्यस्तै अन्य संघसंस्था, कार्यालय, औद्योगिक तथा व्यापारिक प्रयोजनका स्टलका लागि २० हजार मूल्य तोकिएको छ । स्थानीय गाउँ तथा नगरपालिकाबाट सिफारिस भएर आउने स्थानीय कृषि, वन तथा पशुजन्य लघु, घरेलु उत्पादन प्रदर्शनी तथा बिक्री, स्थानीय विद्यालयस्तरीय हस्तकला तथा शैक्षिक प्रदर्शनीको स्टललाई भने निःशुल्क हुनेछ । त्यस्तै छिमेकी जिल्ला÷नगर उद्योग वाणिज्य संघबाट सिफारिस भएका लघु, घरेलु उद्योगलाई २५ प्रतिशत र संघका साधारण सदस्यहरुका लागि वा १ भन्दाबढी स्टल लिनेहरुलाई एउटा स्टलको मात्र १० प्रतिशत छुटको व्यवस्था हुनेछ । उक्त सुविधाहरुमध्ये १ मात्र सुविधा उपभोग गर्न पाइनेछ ।


महोत्सवमा के कस्ता वस्तु तथा सेवाहरु प्रदर्शनी हुन्छन् ?
यस पटकको म्याग्दी महोत्सवमा स्थानीय कृषि, वन, पशुजन्य उत्पादनहरु, लघु, घरेलु, साना, ठूला उद्योगबाट उत्पादित वस्तु तथा सेवाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उत्पादन तथा वस्तुहरु, अटोमोबाईल्स, ईलेक्ट्रोनिक्स् तथा ईलेक्ट्रीकल्सका सामानहरु, हस्तकलाका सामग्रीहरु, विद्यालयस्तरीय हस्तकला, विज्ञान र सूचना प्रविधिहरु, जलविद्युत, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको फोटो तथा डकुमेन्ट्री प्रदर्शनी, मिनी चिडियाघर, बाल उद्यान, रेष्टुरेण्ट लगायतका स्टलहरु हुनेछन् ।
महोत्सवका लागि आम्दानी र खर्च के, कति हुने आँकलन गर्नुभएको छ ?
महोत्सव आयोजनाबाट आम्दानी गर्नेभन्दा पनि सेवा र पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने मुख्य उद्देश्य हो । तर कुनै पनि कार्य गर्दा आम्दानी खर्चको कुरा आउँछ नै । त्यसैले यसतर्फ पनि हामीले सोचेकै छौं । महोत्सव आयोजना गर्दा हामीले एक करोड १५ लाख ७७ हजार एकसय ११ रुपैयाँ खर्च र एक करोड २४ लाख ८७ हजार आम्दानी हुने आँकलन गरेका छौं । यसरी समग्र तबरले हेर्ने हो भने हामीले नौ लाख नौ हजार सातसय ८९ रुपैयाँ म्याग्दी उद्योग वाणिज्य संघका लागि बचत हुने अनुमान हाम्रो रहेको छ ।
महोत्सव सञ्चालन तथा व्यवस्थापनको काम कसरी गर्नुभएको छ ?
म्याग्दी महोत्सवलाई सफल बनाउनका लागि हामीले विभिन्न उपसमितिहरु बनाएका छौ. । मेरो संयोजकत्वमा मूल संयोजन सुरक्षा व्यवस्थापन उपसमिति, निवर्तमान अध्यक्ष उत्तमकुमार कर्मचार्यको संयोजकत्वमा अतिथि सत्कार, वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा लोक–सांस्कृतिक कार्यक्रम तथा उद्घोषण व्यवस्थापन, प्रथम उपाध्यक्ष राजेश शाक्यको संयोजकत्वमा खुल्ला लोकदोहोरीगित, लोकगीत (गण्डकी लोकतारा), लोकनृत्य, पुख्र्यौली नाँच, रत्यौली प्रतियोगिता व्यवस्थापन उपसमिति, द्वितीय उपाध्यक्ष लिलाराम गौतमको संयोजकत्वमा टिकट, छपाई व्यवस्थापन उपसमिति, महासचिव अमित बानियाँको संयोजकत्वमा सचिवालय व्यवस्थापन, सहकोषाध्यक्ष नारायण जिसी र कोषाध्यक्ष सुवर्ण रिजालको संयोजनमा आर्थिक व्यवस्थापन, सहसचिव सुमन श्रेष्ठको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ । त्यस्तै सहकोषाध्यक्ष नारायण जिसीको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन व्यवस्थापन उपसमिति, कासस राजकुमार श्रेष्ठको संयोजकत्वमा स्टल निर्माण, सहसचिव ताराप्रसाद आचार्यको संयोजनमा अतिथि एवं कलाकार, आवास तथा भोजन व्यवस्थापन उपसमिति, ठाकुरप्रसाद शर्माको संयोजकत्वमा मायाको चिनो तथा मेडल व्यवस्थापन, अन्जित खान र सरोज बानियाँको संयोजनमा बजार सज्जा, तारानाथ रेग्मीको संयोजनमा रमाइलो मेला तथा नौका बिहार, घोडा तथा हेली सयर व्यवस्थापन उपसमिति निर्माण भएको छ । त्यस्तै खानेपानी व्यवस्थापनमा गोपाल पौडेल, खानपान व्यवस्थापनमा यज्ञराज थापा, स्टल सुरक्षामा टेकप्रसाद सापकोटा, बजार, स्टल तथा मञ्च सरसफाइमा लक्ष्मण शर्मा, जातजाति, जनजाति समन्वय तथा ¥याली, झाँकी व्यवस्थापन सुरेन्द्रराज शर्मा, निर्णायक तथा मूल्याङ्कनमा नवराज पौडेल, ध्वनी तथा विद्युत व्यवस्थापनमा मोतीलाल पौडेल, खेलकुद प्रतियोगिता व्यवस्थापनमा हिमाल श्रेष्ठ, मञ्च सज्जा तथा कुर्चि व्यवस्थापनमा प्रविन श्रेष्ठ, वनपैदावार प्रदर्शनी तथा बिक्रीमा गोपालप्रसाद रेग्मी, पुरस्कार तथा भत्ता व्यवस्थापनमा सुनिता केसीलाई उपसमितिको संयोजक चयन गरिएको छ । स्वागत गेट निर्माणमा खेम केसी, प्राथमिक उपचारमा रवी शर्मा, पर्यटन प्रवद्र्धन (डकुमेन्ट्री तथा फोटो प्रदर्शनी) उपसमितिको संयोजकमा भोजबहादुर रिजाल, स्थानीय उत्पादन कृषि प्रदर्शनी तथा बिक्रीमा लक्ष्मी कार्कीलाई उपसमिति संयोजक तोकिएको छ । पूर्व अध्यक्षहरु जीवनबहादुर बिश्वकर्मा कार्यसम्पादन उपसमितिको संयोजक, कुबिरकुमार श्रेष्ठ अनुगमन उपसमिति संयोजक र प्रमोद श्रेष्ठलाई सल्लाहकार उपसमिति संयोजकको जिम्मेवारी दिइएको छ । पालिका इकाइका सभापतिहरुले पनि आ–आफ्नो क्षेत्रको समन्वय गर्नुहुनेछ । विद्युत व्यवस्थापन, कुर्सी तथा मञ्च व्यवस्थापन, चिडियाघर व्यवस्थापन लगायतका उपसमितिहरु पनि निर्माण भएका छन् ।
यसपटक हुने र विगतका महोत्सवमा के फरक देख्न सकिन्छ ?
नेपालमा बाइसी–चौबीसे राज्यका पालामा, राणाशासन र पञ्चायकालदेखि नै म्याग्दी जिल्ला व्यापारिक नाकाको रुपमा रहेको जिल्लाका रुपमा चिनिन्छ । सोही समयताका हिमाली जिल्ला मुस्ताङबाट जाडो छल्नका लागि मुस्ताङीहरु र तराईवासी नागरिकहरु दुवैले आ–आफ्नो ठाउँमा उत्पादन भएका सामानहरु लिएर म्याग्दीमा व्यापार गर्न आउने गर्दथे । बेनीमा दुई–तीन दिसम्म सामान साटासाट र खरिद–बिक्री गर्नका लागि व्यापार मेला लाग्ने गर्दथ्यो । हिमाली क्षेत्रमा भेडाको ऊनबाट उत्पादित राडीपाखी, कम्बल, बक्खु तथा तराई क्षेत्र र भारतमा उत्पादन भएका सामानहरु लिएर एकापसमा व्यापार गर्ने गरिन्थ्यो । म्याग्दीमा परम्परागत रुपमा हरेक वर्ष माघी पर्वको अवसरमा विशेष मेला तथा जात्रा लाग्ने गर्दथ्यो । सोही मेलाको अवसरमा स्थानीय कृषक एवं उद्यमीहरुले आफूले उत्पादन गरेका स्थानीय उत्पादनहरु मेलामा ल्याउने गर्दथे र त्यहीँ बिक्री गर्थे । वि.सं. २०५० सालमा निर्माण व्यवसायी संघ म्याग्दीका तत्कालीन अध्यक्ष राम गौचन र सदस्यहरु प्रमोद श्रेष्ठ लगायतको सक्रियतामा माघेसङ्क्रान्ति मेला लगाउन थालियो । यो मेला २०५६÷५७ सालसम्म चलेको भए पनि द्वन्द्वको समय जस्ता कारणले गर्दा निरन्तरता पाउन सकेन । केही समय मेला रोकिएपछि बेनीका सरोकारवाला र उद्योगी व्यापारीहरुको पहलमा पुनः २०५९ सालमा माघेसङ्क्रान्ति मेलाको सुरुवात गरिएको थियो । त्यसपछि माघी मेला लगाउने विषयमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुले म्याग्दी महोत्सव भनेर आयोजना गर्नुपर्छ भन्ने सुझाव दिएपछि २०६० सालबाट म्याग्दी महोत्सव सुरु गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको पालादेखि म्याग्दी महोत्सव लगाउन सुरु भएको थियो । उहाँकै पालामा पछि २०६३ सालमा पनि पुनः दोस्रो म्याग्दी महोत्सव आयोजना गरियो । महोत्सवलाई निरन्तरता दिने क्रममा २०६५ सालमा संघका पूर्व अध्यक्ष सुर्यप्रसाद मर्सानीको पालामा तेस्रो म्याग्दी महोत्सव, पूर्वअध्यक्ष कुविरकुमार श्रेष्ठको पालामा २०६८ सालमा चौथो म्याग्दी महोत्सव, संघका पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्माको पालामा २०७१ सालमा पाँचौं म्याग्दी महोत्सव, निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यको पालामा छैटौं र अहिले सातौं म्याग्दी महोत्सवको आयोजना गरिएको छ । विगतमा पश्चिमाञ्चलस्तरीय व्यापार मेला भनिए पनि अहिले नयाँ संरचनाअनुसार प्रदेशस्तरीय व्यापार मेला आयोजना गरिएको हो । २०७७ सालमै लगाउने म्याग्दी महोत्सव कोरोना भाइरसका कारण सरेको हुँदा यसपालि आयोजना गरिएको छ । कोरोना, लकडाउनलगायत विविध कारणले पाँच वर्षपछि हुन लागेको महोत्सवले पक्कै पनि जिल्लामा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै जिल्लाको व्यापार, व्यवसाय र समग्र राष्ट्रको अर्थतन्त्रमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

बुधबार, पुस २७, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...