रिलायबल नेपाल लाइफको अभिकर्तालाई उत्प्रेरणा

अमृत बास्कुने
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रका अभिकर्ताहरुका लागि एक दिने उत्प्रेरणा कार्यक्रम म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शनिबार सम्पन्न भएको छ ।

रत्नेचौरमा भएको उत्प्रेरणा तथा बनभोज कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले आफ्नो भोलिको भविष्य सुरक्षित गर्नका लागि बिमा क्षेत्र उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । उहाँले बिमा क्षेत्रमा लाग्नु पेशा मात्रै नभएर व्यवसाय पनि भएकोले आफूले बैकल्पीक समय निकालेर भए पनि यसलाई अगाडी बढाउन सकिने भएकाले पनि यसमा सामान्य प्रयास मात्रै गरे पनि भोलिका लागि राम्रो प्रतिफल आउने बताउनुभयो ।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र घिमिरेले धौलागिरीले यहाँ मात्रै नभएर देशमै उत्कृष्ट कार्य गर्नुपर्छ भनेर सबै लाग्नु पर्नेमा जोड दिनुभएको थियो । बिमा क्षेत्रमा गरेको सानो लगानीले भोलि ठूलो समस्याको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ त्यसैले सामान्य भन्दा पनि महत्वपूर्ण हो भन्ने सोच्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा धौलागिरी क्षेत्रका ५० भन्दा बढी अभिकर्ता तथा ११ जना कर्मचारीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भएको म्युजिकल चियर कार्यक्रममा पर्वतका शालिक शर्मा बिजयी हुनुभएको थियो । ४० जनाको सहभागिता रहेको अन्धा निसान प्रतियोगितामा म्याग्दीका अप्सन पौडेल, बागलुङकी ममता थापा र पर्वतका गणेश लामिछानेले घैटो फुटाउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा जनावरी महिनामा १० लाख भन्दा बढी पहिलो प्रिमियर ल्याउने अभिकर्ता जमुना श्रीष, १० लाख ३३ हजार पहिलो प्रिमियर ल्याउने बिना खड्कालाइ बिजनेश अफ द डेद्वारा पुरस्कृत गरीएको थियो । त्यसैगरी अन्य ८ जनालाइ पनि मायाँको चिनो प्रदान गरिएको घिमिरेले बताउनुभयो ।
कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रवन्धक देवेन्द्र घिमिरेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन यसिन रोका मगरले गर्नुभएको थियो ।

आइतवार, माघ १५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...