दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित

काठमाडौं, १४ मंसिर-महिला एसिया कपको दोस्रो खेलमा नेपाललाई श्रीलंकाले ८ विकेटले पराजित गरेको छ। नेपालले  दिएको २४ रनको सामान्य लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालको ब्याटिङ खराब हुँदा श्रीलंका सामु उच्च लक्ष्य प्रस्तुत गर्न सकेन । नेपालका ८ खेलाडीले कुनै रन जोड्न सकेनन् ।
श्रीलंकाको जितमा कप्तान हसिनी परेराले नटआउट १७ रन बनाइन् भने नेपालको तर्फबाट कप्तन रुबिना क्षेत्री र करुण भण्डारीले १/१ विकेट लिए । महिला एसिया कप अन्तर्गतको दोस्रो खेलमा पनि नेपालले खराब खेल प्रदर्शन गरेको छ । थाइल्याण्डमा भइरहेको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३ रन बनाउन सक्यो ।
पहिलो खेलमा पकिस्तानसँग ४६ रन बनाउँदै ९ विकेटले हार व्यहोरेको थियो । पहिलो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालले दोस्रो खेलमा पनि सुधार गर्न सकेन।  नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाइन् भने अरु खेलाडीले दोहोरो अंक बनाउनै सकेनन् ।
सिता मगर ४ र कप्तान रुविना क्षेत्री १ रनमा आउट भए। नेपालका ८ खेलाडीले कुनै रन जोड्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्न श्रीलंकाका इनोका रानाविरा र सुगान्डिका कुमारीले समान ३ तथा ओसादी रानासिंगेले २ विकेट लिए।

मङ्लबार, मंसिर १४, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...