अष्ट्रियाको लागि पर्यटनदूतमा बाबा राजेश्वरी थापा नियुक्त

पोर्तुगल
विगत १५ बर्षदेखि युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियनालाई कर्मथलो बनाउदै आउनु भएकी बाबा राजेश्वरी थापा नेपाल सरकार पर्यटन मन्त्रालयको नेपाल पर्यटन बोर्डबाट अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त भएकी छन् ।
पर्यटनदूतको पदलाई अर्को भाषामा Honorary Public Relation Representative अर्थात् मानार्थ जनसम्पर्क प्रतिनिधि समेत भनेर बुझ्ने गरिन्छ ।
अष्ट्रियन यूनिभर्सिटीबाट पर्यटन व्यवसाय प्रवर्द्धनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापा गैरआवासीय नेपाली संघ मिडिया समितिको को-चेयर, प्रवासी नेपाली मञ्च अष्ट्रियाकी सचिव लगायत प्रवासका विभिन्न संघ-संस्थाहरुमा सकृय र नेतृत्वदायी भूमिकामा खेल्दै आएकी छन् । उनी आमसञ्चार र पत्रकारको रूपमा पनि क्रियाशील छिन् ।
उनको नियुक्तिलाई उपयुक्त पदमा सही व्यक्तिको छनौट भएको भनी प्रवासमा रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।
नियुक्तिपछि उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिक्रिया दिइन् ।

शुक्रबार, फाल्गुन १२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...