कृषि

कृषिप्रधान देश हो हाम्रो, कृषि मै निर्भर ।
कृषि क्षेत्रलाई अग्रपंक्तिमा, राखिदेऊ सरकार ।।१।।
किसानहाम्रा पछाडी पर्दै, सरकारको ध्यानजाओस् ।
खेतीको बेलामल–खाद, बिऊ–पल, समयमै पाईयोस् ।।२।।

माटोका साथीकिसान हुन्छन्, धर्तिलाई पुज्दछन् ।
रगत, पसिना माटोमामिसाई, अन्नलाई उब्जाउँछन् ।।३।।
कृषि क्षेत्रलाई प्राथमिकतादिनु, पर्दछ सबैले ।
कृषकहरु ओझेलमापर्दा, पछाडी छौँ अहिले ।।४।।

अहिले युवा पढ्न चाहन्छन्, डाक्टर पाईलट ।
त्यसैले अहिले हाम्रो देशमा, आयात बढ्दो छ ।।५।।
गर्नचाहन्नन् कसैले पनि, खेती र किसानी ।
किसानीहामी नेपाली सबै, नमेटाऔँनिसानी ।।६।।

पाईदैँनअहिले फापर, कोदो, मकै र भटमास ।
गर्नचाहन्नाँै किनेर खान्छौँ, भारतको आशछ ।।७।।
कृषि देशमाअनिवार्य शिक्षा, कृषिपो सुहाउँछ ।
कृषिमादक्षभएमा देश, अवश्यमौलाउँछ ।।८।।

खानु हुँदैनकिनेका वस्तु, स्वास्थ्य नै बिगार्छ ।
आटो, ढिडो भातअनि रोटी, खाएमा बल बढ्छ ।।९।।
हरियो सागपात, गिठा र तरुल, तरकारी फलाऊ ।
मकै, भट्ट, सातुको खाजा, दूध, दही, घ्यू खाऊ ।।१०।।

हाम्रापुर्खा ज्ञानीमा थिए, यी कुरा बुझेका ।
त्यसैले स्वस्थजीवनजिउँथे, सय वर्ष पुगेका ।।११।।
नगरौँ हेला कृषि पेशालाई, दुःख छ भनेर ।
बढाउनु पर्छ कृषिको स्रोत, प्रविधिल्याएर ।।१२।।

आइतवार, फाल्गुन २१, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...