पश्चिम म्याग्दी र कालीपुल युनाइटेड फाइनलमा

पश्चिम म्याग्दी युवा क्लब र कालीपुल युनाइटेड क्लब म्याग्दीको बेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पश्चिम म्याग्दीले मनसुन युवा क्लब चुत्रेनीलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित र अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर टुङ्गिएको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा कालीपुल युनाइटेडले बौद्ध युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको खेल टाईब्रेकरमा पुगेर सकिएको थियो । १० टिम सहभागी प्रतियोगिताको विजेता टोलीले एक लाख १५ हजार र उपविजेताले ७० हजार रुपियाँ पुरस्कार पाउनेछ ।

सोमवार, चैत्र ६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री


sidebar ad
Loading...