सेन्ट्रल गार्डनद्वारा एलएलसी विद्यार्थीलाई व्यवहारिक सीप तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यस वर्ष पनि एलएलसी दिएका विद्यार्थीका लागि व्यवहारिक सीप विकास तालिम प्रदान गर्ने भएको छ ।

क्लबले ९० घण्टे निःशुल्क आधारभूत कम्प्युटरका साथै २१ घण्टे उद्घोषण र नेतृत्व विकास तालिम सञ्चालन प्रदान गर्ने भएको हो ।
क्लबले विगत ५ वर्षदेखि सञ्चालन गर्दै आइरहेको यो कार्यक्रमलाई यस पटक पोखरा-१ बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रले सहकार्य गर्ने भएको छ ।

क्लबले वार्षिक ५ लाख बराबरको छात्रवृत्ति तथा विभिन्न सामुदायिक विद्यालयमा डिसहोमसहित टेलिभिजन, डे्रस स्टेशनरीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।

छात्रवृत्ति अन्तर्गतको तालिमा सहभागी हुन एसएलसी दिएका भाइबहिनीले प्रवेशपत्रको प्रतिलिपिसहित पोखरा-१, बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रमा सम्पर्क राख्नुपर्ने लायन वर्ष २०२२/२३ का अध्यक्ष लायन आनन्द पौडेल बताउछन् ।

तलिममा १६ वर्षदेखि पोखरामा व्यवसायिक तालिम प्रदान गर्दै आएका कुशल र व्यवसायिक प्रशिक्षकद्वारा प्रशिक्षण गराइनुका साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको अवसरसमेत प्रदान गरिने क्लबका पूर्व अध्यक्ष लायन सुब्बा घिमिरे बताउँछन् ।

तालिम वैशाखको तेस्रो हप्ताबाट सञ्चालन हुने कार्यक्रम संयोजक लक्ष्मण रानाभाटले जानकारी दिए ।

सोमवार, बैशाख ४, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...