अर्मलाकोट होमस्टेमा उद्घोषण कला तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ को सहयोगमा अर्मलाकोट आमा समुह र अर्मलाकोट पर्यटन प्रवद्र्धन सामुदायिक होमस्टेको सम्युक्त आयोजनामा अर्मलाकोटमा २ दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम शनिबार सम्पन्न भयो ।

तालिममा कार्यक्रमका प्रमुख अथिति पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ग्रामिण भेगका महिलालाई वोल्ने कलाको साथसाथै आय आर्जनमा सहयोग पुग्ने तालिम आफ्नो प्राथमिकतामा रहेको वताउँदै तालिममा सिकेको ज्ञान अरुलाई पनि वाढ्नु पर्ने वताए । साथै उनले अर्मलाकोट पर्यटकको रोजाईमा पर्दै गएपनि वजेट अभावको कारण सोचेजति कार्य गर्न नसकेको वताए ।

अर्मलाकोट आमा समुहकी अध्यक्ष झलश्री गुरुङले आमा समुहका सदस्य तथा महिला दिदीबहिनीहरु घरायसी काम छाडेर भएपनि तालिममा सक्रिय सहभागी भई कार्यक्रम सफल पार्नुभएकोमा धन्यवाद दिदंैंं आमा समुहका सदस्यहरुको माग वमोजिम आफुले कार्य गर्ने वताएकी थिइन ।

तालिमका मुख्य प्रशिक्षक कास्की खबर डटकमका समाचार प्रमुख सागर कार्कीले दुई दिनको तालिमले आधारभुत कुराहरुको मात्रै ज्ञान हुने भएकोले वोल्ने कलाको विकासको लागि नियमित अभ्यास गर्नुपर्ने वताए ।

अर्का प्रशिक्षक दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक पत्रकार कृष्ण रानाभाटले समाचार तथा वैठकको माइन्युट कसरी लेख्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

त्यसै गरी तालिममा खोज मिडियाका पत्रकार रजनी तामाङले महिला शसक्तिकरण सम्बन्धि तालिम दिदैं नेतृत्व विकासले परिवार र समाजमा पार्ने सकरात्मक सुधारको वारेमा चर्चा गरेकी थिइन ।

सहभागीको तर्फबाट स्थानिय सीता आधारभुत विद्यालयकी शिक्षक तथा आमा समुहकी सचिव खुशी गुरुङले उद्घोषण कला तथा नेतृत्व विकास तालिमले आफुलाई धेरै परिवर्तन ल्याएको वताउँदै गाउँ मै प्रशिक्षक आएर प्रशिक्षण प्राप्त गर्ने अवसर पहिलो पटक पाएको अनुभव वताएकी थिइन ।

तालिममा आमा समुह, युवा क्लब, टोलविकास संस्था, होमस्टे, विद्यालयका विद्यार्थी तथा शिक्षक गरी ४० जनाको सहभागिता रहेको थियो । उनिहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले प्रमाणपत्र वितरण गरेका थिए ।

आमा समुहकी अध्यक्ष झलश्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पुणर्िमा गुरुङले र आमा समुहकी सहसचिव तथा होमस्टेकी अध्यक्ष वविता गुरुङले कार्यक्रम संचालन गरेकी थिइन ।

आइतवार, बैशाख १०, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...