रास्वपा पोखरा ३३ को सभापतिमा चापागाई

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ को राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दिननाथ चापागाई (संकल्प) सकर््सम्मत चयन भएका छन् ।

पार्टीको उपसभापति हुमकुमारी नेपाली (सबिना), सचिवमा रेशम बहादुर रानाभाट, सदस्यहरुमा मिना आचार्य, अन्जली थापा (राधा), जमुना नेपाली, मोहनसिं पुन, युवराज आचार्य, कुल बहादुर रानाभाट, कृष्ण मुरारी कंडेल र शुशिल पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यसैे गरी ¥यापिड एक्सन टिमको संयोजकमा उद्दव आचार्यलाई चयन गरेको छ भने सदस्यहरुमा बलराम चापागाई, प्रकाश पौडेल, बिशाल नेपाली, रमेश नेपाली, श्रीधर पौडेल, कृष्ण पौडेल, रामचन्द्र कार्की, प्रेम कार्की र प्रदिप राज कंडेल रहेका छन् ।

सल्लाहकारमा केदारनाथ आचार्य, मदन आचार्य, भरतराज आचार्य, खिमलाल आचार्य, नारायणप्रसाद लम्साल, नारायणप्रसाद कंडेल, शिबबहादुर रानाभाट र मिनाकुमारी लामिछाने लाई चयन गरेको छ ।

भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य माननिय शिव नेपालीले उद्घाटन गर्दै विशेष अतिथि केन्द्रिय प्रशिक्षण विभाग सदस्य माधव प्रसाद कडेंल, प्रदेश, जिल्ला, महानगरस्तरका विभिन्न तह र तप्कामा रहेका पार्टीका पदाधिकारीहरु, पोखरा ३३ का सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा ३३ का संस्थापक सभापति दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति हुमकुमारी नेपाली (सविना)ले र संचालन सचिव दिननाथ चापागाई (संकल्प)ले गरेका थिए ।

सोमवार, जेष्ठ २२, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...