सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता दिएका छौँ

गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने जलजला गाउँपालिका पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघुउद्यम क्षेत्रका लागि विकासको बलियो सम्भावना बोकेको स्थानीय तह हो । पहाडी भौगोलिक बनावट भएको यो गाउँपालिका प्राकृतिक तथा सामाजिक विविधताले महत्त्वपूर्ण छ । पौराणिक महत्त्वको कालञ्जर हम्पालको लेकदेखि पवित्र कालीगण्डकीको तटसम्म यसको भूभाग फैलिएको छ । गाउँपालिकाका प्रमुख राजु आचार्यसँग गोरखापत्रका पत्रकार प्रनिश गिरीले गर्नुभएको कुराकानी :
तपाईंले गाउँपालिकाको नेतृत्व गरेको एक वर्ष भयो कस्तो अनुभव गर्नुभयो ?
पालिकाको बृहत्तर विकासका लागि अध्ययन, अवलोकन र तयारीमा केही समय व्यतित भयो । पहिलो वर्ष गाउँपालिमा सोचे जस्तो आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले प्रव्रिmयागत रूपमा काम गर्न सुरु गरेका छौँ । यसले गर्दा जनतालाई स्थानीय सरकारको अनुभूति भएको छ । पहिलो वर्षको अनुभवबाट आगामी वर्षमा के कस्ता योजना र कार्यव्रmम अगाडि बढाउने भन्ने सिकाइ भएको छ ।
जलजला गाउँपालिकाको प्राथमिकता निर्धारण कसरी गर्नुभएको छ ?
खास गरी शिक्षा र कृषिका क्षेत्रमा विकास केन्द्रित भएका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएका छौँ । शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरबन्दी मिलान तथा तह समायोजनको प्रव्रिmया अघि बढेको छ । गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार पारी एकदेखि आठ कक्षासम्म पढाइ सुरु गरिएको छ । पाठ्यपुस्तकलाई सफ्टवेयरमार्फत डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्थासमेत मिलाइएको छ । पालिकाभित्र बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई मासिक तीन हजार भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको सिकाइ व्रिmयाकलापलाई प्रविधिसँग जोड्न हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टिभीसहित एलएमएस प्रणालीको व्यवस्था छ ।
त्यसै गरी कृषि क्षेत्रको व्यावसायिक विकासका लागि आलुको पकेट क्षेत्र स्थापना गरी बिउ आलु उत्पादन सुरु भएको छ । बिउ आलु उत्पादनमा धौलागिरि क्षेत्रलाई नै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । पालिकाको छ वटा वडाका कृषक समेटेर भैँसी पकेट क्षेत्र सञ्चालन गरेको छ । यसबाट कृषक लाभान्वित भएका छन् । पालिकाको गौरवको आयोजनाका रूपमा एकै साथ आठ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् ।
आन्तरिक सुशासनका लागि तपाईंको पहल कस्तो रहेको छ ?
आन्तरिक सुशासन मजबुत र प्रभावकारी बनाउन मासिक रूपमा प्रत्येक शाखाका प्रमुखसँग बैठक बस्ने र कसरी जलजलावासीलाई बढीभन्दा बढी सेवा सुविधा दिने विषयमा छलफल हुने गरेको छ । हेल्प डेक्स, गुनासो सङ्कलन, कर्मचारी लकबुक व्यवस्था गरिएको छ । आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै जनतालाई छिटो छरितो र भरपर्दो सेवासुविधा प्रदान हुने व्यवस्था मिलाइएको छ । नागरिक सेवालाई भरपर्दाे पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग गरी स्मार्ट गाउँ बनाइने योजना छ ।
पालिकाले समस्या चुनौती बेहोरेको छ ?
सबैभन्दा ठुलो समस्या पर्याप्त बजेट नहुनु हो । पालिकामा सरकारले दक्ष र प्राविधिक जनशक्ति उपलब्ध गराएकै छ । हाम्रो पालिका राष्ट्रिय राजमार्गसँग जोडिएको हुनाले सहजै दक्ष प्राविधिक कर्मचारी उपलब्ध हुन्छन् । दक्ष जनशक्तिलाई काममा लगाउन योजना, कार्यव्रmम र बजेट अपुग हुने गरेको छ ।
पालिकामा बजेट कम हुँदा भने विकास निर्माणका काम हुन सकेको छैन । काम नभएपछि पालिकाका कर्मचारी खाली बस्नुपरेको छ । पालिकामा नै प्रदेश र सङ्घबाट परेको योजना र कार्यक्रममा प्राविधिक पनि उतैबाट आएर काम गर्छन् । सङ्घ र प्रदेशबाट विनियोजित बजेटबाट भइरहेको विकासका काममा स्थानीय प्राविधिकलाई खटाउन सके राज्यको खर्च बचत हुने थियो ।
पालिकाको आन्तरिक आय वृद्धिका लागि कसरी काम भइरहेको छ ?
आन्तरिक आय वृद्धिका लागि पर्यटकीय गन्तव्यको खोजी गरी प्रवर्धनका गतिविधि गरिँदै छ । आन्तरिक स्रोत बहाल कर, घर भाडा कर, विज्ञापन करलगायतलाई व्यवस्थित बनाउने काम भएको छ । ढुङ्गा, गिटी, बालुवाको घाटगद्दी गरी लिलामी गर्ने प्रक्रिया अघि बढाइने छ । पालिकाका नौवटै वडामा राजस्व वृद्धिका लागि सचेतनामूलक शिविर सञ्चालन गरिएको र आगामी दिनमा समेत राजस्व वृद्धि हुने गतिविधि गर्दै जाने कार्यव्रmम बनाइएको छ ।
आगामी आर्थिक वर्षका लागि उल्लेखनीय योजना र कार्यक्रम के के छन् ?
जलजला गाउँपालिकालाई खुला बहुसांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्न बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने पुख्र्यौली मारुनी, सोरठी, यानिमाया भजन कीर्तन लोकबाजालगायतको संरक्षण गर्दै छौँ । युवालाई गाउँमै रोजगारी सिर्जनाका लागि युवा उद्यमशीलता कार्यक्रम अघि बढाउने, विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिइने, गरिब र विपन्नलाई

भनी थालिएको स्वास्थ्य बिमा कार्यव्रmमलाई निरन्तरता दिइने छ । गाउँका स्वास्थ्य चौकीलाई अझै बढी सुविधायुक्त बनाइने योजना र कार्यक्रम छ ।
 सङ्घ र प्रदेश सरकारसँग सहकार्य भइरहेको छ ? 
प्रदेश र सङ्घसँग हामीले पालिकामार्फत सम्बन्ध र सम्पर्क गर्न खोज्छौँ तर उताबाट बजेट र कार्यक्रममा हामीसँग समन्वय हुने गरेको छैन । बजेटक्रम स्थानीय जनताको आवश्यकता भन्दा पनि केही पहुँचवाला व्यक्तिको स्वार्थका लागि प्रयोग हुँदै आएको छ । गोरखापत्र दैनिकबाट

बिहिबार, साउन ११, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...