त्रिदिवसीय खेलकुद कार्यक्रम शुरु

बागलुङ, १७ मंसिर – निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) बागलुङले आयोजना गरेको त्रिदिवसिय विविध खेलकुद कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
कार्यक्रमको पहिलो दिन १५ सय मिटर छात्र, ८ सय मिटर छात्रा दौड र भलिवल प्रतियोगिता सम्पन्न भएको छ । १५ सय मिटर दौडमा न्यु एभेरेष्ट एकेडेमीका सुनिल नेपाली प्रथम, चिल्डे«न लाईफ इङलिस बोडिङका नारायण कुवर द्धितिय, अमर आदर्श माविका सुनिल थापा तृतीय भएका छन् । यस्तै ८ सय मिटर दौड प्रतियोगितामा न्यु एभेरेष्ट माविका सन्ध्या रोका प्रथम, अमर आदर्श आवासिय माविका टिका थापा द्धितिय र अमृत आदर्श माविका सलिना आचार्य तृतीय भएका छन् ।
यस्तै चिल्ड्रेन लाईफ इङलिस बोडिङ स्कुल र अमर आदर्श मावि बिच भएको भलिबल प्रतियोगितामा २ सेटले चिल्ड्रेन लाईफ इङलिस बोडिङ स्कुल बिजयी भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले मानसिक र शारिरिक विकासका लागि खेलकुद आवश्यक रहेकाले स्वस्थ र अनुशासित ढंगबाट खेल खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य विजयराज पन्त, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियार, प्याब्सन पर्वतका अध्यक्ष बसन्त कर्मचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्याब्सन बागलुङका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रको संचालन सहसचिव दल थापाले गरेका थिए । ३ दिनसम्म संचालन हुने खेलकुद कार्यक्रममा १ सय, २ सय, ४ सय, मिटर छात्र, छात्रा दौड प्रतियोगिता हुने बताइएको छ । यस्तै हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिङ थ्रो, शटपुट एवं भलिवल खेलको आयोजना गरिएको छ ।

शुक्रबार, मंसिर १७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...