रिलायवल लाइफ इन्स्योरेन्सले वार्षिक उत्सवको अवसरमा ग¥यो धवलागिरी क्षेत्रमा विविध कार्यक्रम

बिमा क्षेत्रमा छोटो समयमा नै आफ्नो राम्रो पहिचान बनाउन सफल रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । कम्पनिले वार्षिकोत्सवको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत माध्यमिक विद्यालय र गलेश्वर जेष्ठ नागरिक आश्रमलाई फोहोर संकलन गर्ने डस्टबिन सहयोग गरेको छ ।

दुवै संस्थालाई दुई÷दुई थान डस्टबिन प्रदान गरिएको रिलायवल लाइफ इन्स्योरेन्सका बेनी शाखा प्रवन्धक इन्द्र जिसीले बताउनुभयो । उहाँका अनुसार उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ घारको मन्दीरलाई पनि चार थान टस्टबिन सहयोग गरिएको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेका अनुसार संस्थाको बार्षिाकोत्सवको अवसरमा धौलागिरी क्षेत्रका सबै शाखाहरुले आफ्नो क्षेत्रमा सामाजिक कार्य गरेका छन् । १२ वटा इन्स्योरेन्स प्लान सञ्चालन गरिरहेको रिलायवल लाइफ इन्स्योरेन्सको हाल देश भर ९२ भन्दा धेरै शाखा रहेका छन् । देशभरमा २१ हजार भन्दा धेरै एजेन्टहरुलेले काम गरिरहेको घिमिरेले बताउनुभयो । त्यस्तै नेपालका कुल १४ वटा जीवन बिमा कम्पनिहरु मध्ये ३६ प्रतिशत भन्दा धेरै बिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट भएको उहाँको भनाई छ । इन्स्योरेन्सको बुर्तिबाङ शाखाले ढोरपाटन डाइमण्ड स्पोर्ट क्लबलाई क्लबको प्रयोजनार्थ स्पोर्ट टिसर्ट प्रदान गरिएको छ । ढोरपाटन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै युवाहरुलाई खेलकुदको क्षेत्रमा अग्रसर गराउन निकै राम्रो कार्य गरेकोले क्लबलाई सहयोग होस भनेर टिसर्ट उपलब्ध गराएको एरिया म्यानेजर घिमिरेले बताउनुभयो । त्यस्तै बागलुङ शाखाले बागलुङ भगवती मन्दीरमा डस्टबिन बितरण गरेको छ । त्यसैगरी बागलुङको रोटरी क्लब अफ बागलुङलाइ सामाजिक कार्यका लागि भनेर नगद २० हजार प्रदान गरेको छ । सामाजिक कार्यमा अग्रस्थानमा रहेर कार्य गर्ने रोटरी क्बललाई सामाजिक कार्यमा थप अगाडी बढ्न केही हद सम्म भए पनि सहज होस भनेर उक्त नगद सहयोग गरिएको उहाँको भनाई छ । बिमाको क्षेत्रमा हामी सबै भन्दा धेरै बिमा संकलन गरेका छौं र सामाजिक कार्यहरुमा हामी अगाडी छौ यो संधै कायम राख्नु हाम्रो जिम्मेवारी हो घिमिरेले भन्नुभयो ।  

शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...