माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले दुई दिने बृहत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
४९० जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण तथा बिरामीलाई औषधी बितरण गरिएको थियो । बिद्यालयको आयोजना तथा पूर्वविधार्थीको सहकार्यमा भएको उक्त कार्यक्रम बिद्यालयका शैक्षिक निर्देशक राजु केसाले सञ्चालन गरेका थिए भने कार्यक्रम आर्थिक निर्देशक रमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त शिविर १६ र १७ गरी दुई दिनसम्म स्वास्थ्य शिविर सम्पन्न भएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निःशु्ल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी उपलब्ध गराइएको बेनी अस्पतालकी मेडिकल अधिकृत डा बिद्यादेवी बाँनियाले जानकारी गराउनुभयो । उक्त शिविरमा अर्थोपेडिक, जनरल तथा फेमिली मेडिसिन, ईन्टरनल मेडिसिन, स्त्री तथा प्रसुती, सर्जरी, बाल, छाला, नाक, कान, घाँटी, मुटु, आखाँ, ग्याष्ट्रिक, दिर्घकालिन दुखाई व्यवस्थापन, फिजियोथेरापी, विधाका विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा सेवा प्रदान गरिएको थियो ।
उक्त परीक्षण कार्यक्रम समापन समारोहमा संलग्न पूर्वविधार्थी एवम चिकित्सक डा. बिद्यादेवी बाँनिया तथा डा. संगीत अधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही समापन कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक राजु केसीले उक्त शिविरमा बिद्यालयका उत्पादन एवम पूर्वविधार्थी डाक्टर शिविरमा सहभागी हुनुले विधार्थीमा उर्जा प्रदान गरेको बताएका थिए ।
बिहिबार, अशोज १८, २०८० मा प्रकाशित