मंगला गाउँपालिकाको कुहुँमा अझै पनि घरमै सुत्केरी

मंगला गाउँपालिका–१ कुहुँ क्षेत्रमा अहिले पनि गर्भवती महिलाहरु घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

जिल्ला खोप समन्वय समितिकिा प्रमुख तथा जिल्ला समन्वस समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा कुहुँ स्वास्थ्य चौकी पुग्दा घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला समन्वस समितिका प्रमुख राजकुमार थापाले भन्नुभयो–‘खोपको अनुगमनका लागि आएका थियौं स्वास्थ्यचौकीको अनुगमनका क्रममा घरमै सुत्केरी हुने गरेको तथ्य पनि भेटियो ।’ खोप लगाएको अवस्था निकै राम्रो देखिएको र लक्षित बालबालिकाले खोप लगाउन पाएको समे कुँहु क्षेत्रमा देखिएको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षमा २५ जना महिलाहरु गर्भवति भएकोमा हाल सम्म सुत्केरी भएका मध्ये दुई जना घरमै सुत्केरी भएका छन् भने अन्य सबै तोकिएको स्वास्थ्य संस्थामा सुत्केरी भएको मंगला गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख लेखनाथ रोकाले जानकारी दिनुभयो । नियमित गर्भजाँच तथा जन्मेका बालबालिकालाई खोपका लागि प्रयास गरी रहेको भए पनि दुई जना महिला घरमै सुत्केरी भएकोले गर्दा यो वर्ष हामीले शुन्य होम डेलिभरी नीति कार्यान्वयनमा पछि परेका छौं–उहाँले भन्नुभयो ।

मंगला गाउँपालिकाको १ नंम्बर वडामा २० वर्ष उमेरका २० जना युवतीहरु गर्भवती भएको दुई जना घरमै सुत्केरी भएको सम्मको तथ्याङ्कले देखाएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । २८ वर्षिय हरिकला परियार र ३२ वर्षिय मिना रोका घरमै सुत्केरी हुनुभएको हो । उहाँहरुलाई कुँहुमै रहेको वर्थिङ सेन्टरमा सुत्केरी हुनका लागि ल्याउन खोजेको भए पनि घरमै सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रोकाले बताउनुभयो ।

गाउँपालिका भित्र ७ जना २० वर्ष भन्दा कम उमेरकी युवतिहरु सुत्केरी भएका छन् । मंगला गाउँपालिकाको बुकेनी र अर्मन बर्थिङ सेन्टरमा तीन तीन जना र बाबियाचौरमा एक जना सुत्केरी भएको रोकाले जानकारी दिनुभयो ।

बिहिबार, फाल्गुन २४, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...