ब्रेकअप (यौन कथा)

अन्जु शर्मा
लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदुर पूर्वी जिल्ला झापा पुगें।लामो बाटो नाइट गाडी चढेर गएको मान्छे झण्डै दिनको  दुई बजेतिरमात्र अफिसमा हाजिर भएं।अब मलाई नजिकै डेरा खोज्नुथियो।भोकले पनि च्यापेको थियो ।सोचें हल्का खाजा खाएर अरू कुराको बन्दोबस्ती गर्छु।म नजिकैको होटेल तर्फ अगाडि बढें।होटलको स्टाफ संग चिया मागेर पिउदै थिएं।होटलको प्राङ्गणमा एउटी सानी बच्ची मज्जाले हाँसेर खेलिरहेकी थिइन् ।म बच्चीको खेल हेर्नमा मन्त्रमग्ध थिएं।एकजना वृद्ध होटेल भित्र पसिन्।मलाई र बच्चालाई खुब नियालेर ” बाबू! तपाईं  यो बच्चीको बाबा हो ?”
पिउदै गरेको मेरो चिया सर्कियो।मैले रिसाउदै उनलाई गाली गरें” यो उमेरमा पनि कस्तो सोच बिचार नगरी बोल्नु भाको? म अविवाहित युवक हुँ,कसरी यो मेरो बच्चा हुन्छ?
” ए बाबु!मलाई माफ गर्नुहोला;यो बच्ची संग ठ्याक्कै तपाईंको अनुहार मिलेर मैले सोधिहालें।यो होटेल गर्ने नानीले यो बच्चीको बाबा बिदेश हुनुहुन्छ भनेर भन्थिन्।आउनुभएछ भन्ने लाग्यो ।”
” केको हल्लाखल्ला हो रमा दिदी ?”भित्रबाट एक सुन्दर युवती फुत्त बाहिर आइन् ।उनका र मेरा दुई आँखा चार भए ,एक मुख दुई भयो ।नत उनी बोलिन् ,नत मनै बोल्न सकें।मेरो शिर नराम्ररी झुक्य‍ो।म काउण्टरमा पैसा तिर्न अगाडि बढें।उनलेे पर्दैन भनिन् ।म घोप्टे शिर लिएर होटेलबाट बाहिरिएं।केही पर पुगेर पछाडि फर्केर हेरें।त्यहीँ बच्ची समाएर उनी मतिर हेरिरहेकि थिइन् ।म त्रसित भएं।जब हाम्रो ब्रेकअप भएको थियो ,त्यतिबेला उनलेे यो कोखमा तिम्रो बच्चा छ भनेर आँसु झारेकी थिइन्।
खासै लामो समय भएको कहाँ छ र? म दुर्गम कालिकोटबाट यो सुन्दर नगरी काठमाडौंमा पढ्न भनेर आएको अल्लारे केटो।जब म एघार क्लासमा होस्टेलमा बसेर पढ्थें।त्यतिबेला मेरा क्लासका केटीहरू मलाई लाउन नजान्ने ,बोल्न नजान्ने भनेर निकै जिस्काउथे।भित्र पिडा भए पनि बाहिर डरले बोल्दिन थें।मनमनै भने तिनीहरूलाई गाली गर्थें ।”हाम्रा गामतिर भए छोछोरीका आमा हुन्थे ।यी बुढी कन्याहरू, मलाई झिस्काउछन्।”अचम्म तिनै केटी मध्ये कि एउटी थिइन् मेरो असाध्यै पक्ष लिने ।उनको नाम थियो निरूपा।उनी सुदुर पूर्व झापातिरकी थिइन् ।म किशोर अवस्था छिचोल्दै युवातिर ढल्कदै थिएं।त्यसैले होला विपरीत लिङ्ग प्रतिको आकर्षण अलि बढी नै हुन्थ्यो ।त्यसैले म निरूपा संग जोडिएर बस्न मन पराउथें।निरूपा निकै आकर्षक केटी थिइन् ।लामो केशरासी,गोरो वर्ण  ,थेप्चो नाक सहजै अड्कल गर्न सकिन्थ्यो उनी मंगोल हुन भनेर।उनी साथीहरू संग छुट्टै डेरामा बस्थिन्।त्यसैले उनी स्वतन्त्र थिइन् ।म भने होस्टेलमा बधुवा मजदुर जस्तो ।मलाई होस्टेल पटक्कै मनपर्न छोडेको थियोे ।तर के गर्ने बाआमाको कमाइ खाउन्जेल स्वतन्त्रता कहाँ पाइन्छ ?”
मैले सोचें सानोतिनो जागिर भए छुट्टै बस्न पाइने थियो,अनि निरूपा संग घुम्न फिर्न पनि ।
यतिकैमा मैले बाह्र पास गरें।निरूपाले पनि पास गरिन्।हामी दुबै एउटै कलेजमा पढ्ने भयौं ।बढ्दो उमेर संगै मलाई आँट र हिम्मत पनि आयो ।म छुट्टै डेरामा बस्ने भएं।बाले दिएको खर्च कम हुँदै गयो ।म पैसाको सिलसिलामा एक क्यासिनोमा जागिर खान पुगें।क्यासिनोमा पैसा निकै हुन्थ्यो ।म निरूपालाई पनि केही केही उपहार दिन्थें।किनकि उनी र म एकअर्कालाई निकै प्रेम गर्थ्यौं।थर्ड  सेमेस्टरमा कलेजले टुर तय गर्यो।हामीलाई कलेजका साथी संग जानू नै थिएन ।त्यसैले त्यहीँ समयमा अर्कोतिर जाने योजना बनायौं।मुस्किलले बाअमालाई झुक्याएर हामी दुईदिनको लागि  पोखरातिर हाकियौं।यो बीचमा हामी अघोषित श्रीमान श्रीमती भयौं।कलेजमा साथीहरूले किन टुर नगएका भनेर सोध्दा स्पष्टीकरण दिन झुटमाथि झुट बोल्दा बोल्दै सायद एउटा सिडि नै तयार भको थियो होला ।
मैले क्यासिनोमा काम गर्दै जाँदा रंगिन जीवन देख्न र भोग्न थालिसकेको थिएं।त्यसैले डान्सबार,क्याबिन ,डिस्को ,क्लब अनि ह्विस्की,ब्राण्डी,रम  मेरालागि सोखका बिषय बन्न थालेका थिए ।तरपनि मलाई भित्र देखि माया गर्ने निरूपालाई पनि म बेला बेला समय दिन्थें।निरूपा कलेज सकेपछि बिहेगरेर बस्ने कुरामा जोड गर्थिन्।म बिहे नगरी रिलेसनसिपमा बस्न आग्रह गर्थें ।उनी भन्ने गर्थिन उपेन्द्र हामी सरकारी जागिरमा भिड्न पर्छ।स्थायी जागिर भए जीउन सजिलो हुन्छ ।उनी असाध्यै मिहिनेती थिइन् ।पढ्दापढ्दै उनलेे बैंक तिर नाम निकालिन्।म भने नयाँ नयाँ युवतीको चक्करमा ,बिन्दास जीवन बिताउथें।
कलेज कम्पिलट भैसकेको थियो ।उनलाई घरबाट बिहे गर्न जोड गरेको कुरा सुनाउदै अब बिहे गर्नपर्छ भन्थिन्।म भने उनी संग रिल्याक्स् गर्ने बिहे नगर्ने मुडमा थिएं।उनलेे साह्रै कर गर्दा मैले रिसाउदै भनेको थिएं-” तिम्रो र मेरो जात मिल्दैन ।बआमाले स्विकार्नु हुन्न।”तैपनि उनी भन्ने गर्थिन ” हामी आफ्नो कमाइमा बाँचौला।तर तिमी संग अलग भएर म बस्न सक्तिन”।
समय संगै कलेज सकियो ।कलेजमा फेरवैल पार्टी भयो ।पार्टीमा हामीले रमाइलो गर्यौ।मलाई गाउँले केटो भनेर जिस्काउने सन्दिपा पनि हामी संगै थिइन् ।म भित्र भित्र सन्दिपालाई औधि मन पराउथें।सन्दिपा अलि रहुसे पनि थिइन् ।त्यो दिन सन्दिपालाई डान्स रेष्टुरेन्टमा जाऔ भनें उनलेे तुरुन्तै स्विकार गरिन्।अनि म सन्दिपालाई लिएर डान्सबार गएं।उनलाई एक बोतल बियर खान दिए।मैले एक प्याक भोड्का लिए ।उनी माते जस्ती भइन् ।मेरा मनमा पाप पलाउन थाल्यो ।अरू बढी मताउन उनी रेष्टरूम गएको बेला बियरमा भोड्का मिसाएर कक्टेल बनाइदिएं।उनी मज्जाले मातिन्।मैले कोठा पूर्याइदिने बाहनामा आफ्नै कोठामा लिएर आएं।
उता निरूपालाई बिहेको कुरा छिनोफानो गर्न घरबाट  तारन्तार खबर आएछ।त्यहीँ भएर उनी बिहानै मेरो कोठामा आएकी रहिछन् ।म भरखरै उठेर बाथरूम छिरेको थिएं।सधैं आउने बानी परेकी निरूपा सिधै मेरो कोठामा छिरिन्।मेरो बेडरूममा सन्दिपालाई देखेर एकपटक त उनी बेहोस नै भइन् ।निकैबेरमा आँसु खसाल्दै-” जतिधेरै मैले विश्वास गरें ,तिमीले मलाई त्यति नै धेरै  धोका दियौ।” मैले हात जोड्दै उनी संग माफी मागे।तर उनी आवेगमा आइन्।हामी दुईको चर्काचर्कीको आवाजले होला उता यौन र रक्सीको मातले लठ्ठिएकी निरूपा ब्यूझिंन्।सन्दिपा अतालिएर-” म तिम्रो कोठामा ?”सन्दिपाले आफ्नो निवस्त्र  शरिर कम्बलले ढाक्ने प्रयास गरिन्।तब आक्रोशित निरूपाले गलपासो लाग्ने जबाफ दिइन् ।”अब यो तिम्रो शरीर कम्बलले ढाकछोप गर्दैन ।तिमी नैतिक रूपमा सर्वत्र नाङ्गिसक्यौ।तिमीहरू गन्दगी हौ। मलाई धोका दिने क्रममा तिमीहरूले आफैलाई सिद्यायौ।”
“म र तिमी एक अर्कोलाई अत्यन्तै माया गर्छौ ।तिमी म बिना बाँच्न असम्भव छ।” मैले पनि उनलाई तिर हान्ने प्रयास गरें।तर सब बेकार भयो ।निरूपाले कठोर स्वरमा ” तिमी मलाई यति कम्जोर ठान्छौ?कदापि म तिम्रो कठपुतली भएर बस्तिन।जुन हाम्रो प्रेम थियो त्यो आजबाट खतम भयो ।उनले गह्र’गो पाइला ढोकाबाट बाहिर बढाइन्।मलाई केही नमिठो लाग्यो ।अनायास मेरा आँखा उनितिर टोलाइरहेका थिए ।उनलेे पून:मतिर हेरेर जबाफ दिइन-” उपेन्द्र ! मेरो विहेको कुरा छिनोफानो भैसकेको छ।म विहे गर्न जाँदै छु।मैले भनेको मान्छौ भने तिमी सरकारी जागिर खाउ।तिम्रो पढाइ राम्रो छ।मलाई जस्तो सन्दिपालाई धोका नदिनु ।तिम्रो प्रेमको निसानी त मेरो कोखमा बढ्दै छ। म यसलाई संरक्षण गर्ने छु”।उनी त्यहाँबाट अलप भइन्।
यता सन्दिपाको ताण्डप नृत्य शुरू भयो “। तिमीले मलाई  झुक्याएर  बलत्कार गर्यौ।अब पुलिसकोमा गएर तिम्रो बचेको इच्जत र जागिर स्वहा: बनाउछु।”लाख बिन्ती गरें ,तर उनी मलाई उल्टो ब्ल्याकमेल गर्न थालिन् ।त्यसपछि मात्र मेरो चेत खुल्यो ।मैले निरूपाको नरम शरीर मात्र हैन नरम बोली र ब्यवहारको पनि मूल्यांकन गर्नपर्छ।उनिसंग स्वच्छ प्रेम थियोे त्यसैले त मलाई क्यासिनो छोडेर सरकारी जागिर खा भनिन् । रातोपुल(2080/12/04)

मङ्लबार, चैत्र ६, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...