महाविर पुनको गाउँ राम्चे नागीको नियात्रा

यामबहादुर थापा मगर
नागी जानुभन्दा अगाडीको कसरत
पर्यटनको विकासले देशको विकासमा टेवा दिएको हुन्छ भनेर खुब अखबार,न्युज र्पोटल र टेलिभिजनमा मैले सुन्छु र अध्ययन गरेको छु । तर नयाँ स्थानमा घुम्नका लागि समय नमिल्ने र परिवारसँगको परामर्श लिदा गर्न हुदैन है भन्दा पनि आर्थिक अभाव र रुचि मिल्दो साथी तथा समुह व्यवस्थापन गर्न बहुत गाह्रो हुने गरेको अवस्था थियो मलाई । आवद्ध भएका सस्थाहरुको कार्यक्रमहरुमा सहभागी हुने अवसर आयोजक र व्यवस्थापन पक्षको समन्वय र सहकार्य तथा सुचना विना नयाँ गन्तव्यका यात्राहरु अधुरा भएका छन् । कहिले काँही मेसो मिलाएर भ्रमण गर्ने र कार्यालयको कामको शिलशिलामा घुम्ने काम भएको छ । महाविर पुनको पुस्तक सम्झना,सपना र अविरल संर्घष अध्ययन गरि सकेपछि मलाई म्याग्दी जिल्लाको राम्चे नागी गाउँमा घुम्न जाने इच्छा मनमा लाग्यो ।

एक्लै जानको लागि नयाँ र नौलो स्थानमा विना पथ प्रर्दशक सम्भव हुदैन । फेरी बाटोमा भ्रमण गर्दा स्थानीय वस्तुस्थिति बताउन सक्ने हुनु पर्ने हो । तर व्यवस्थापन हुन सकेन । म घुम्न नगएको स्थानमा नागी गाउँ महाविर पुनको जन्म गाऊँ जानको लागि जाने पक्का योजना बनेपछि जिल्ला शिक्षा तथा समन्वय इकाई, बेनी, म्याग्दीका कार्यालय प्रमुख दल बहादुर थापालाई फोन गरि नागी गाँऊका हिमाञ्चल माध्यमिक विद्यालय,नागी,म्याग्दीका शिक्षक तोया परियारसँग सिधा सम्पर्क भ्रमण गर्ने योजना बमोजिम टेलिफोन वार्ता भयो ।

जिल्ला खेलकुद विकास समिति, बागलुङका कार्यालय प्रमुुख राजेश बाँस्कोटालाई नागी गाऊँ सँगै घुम्न जाऊ भनी प्रस्ताव राखेपछि दुई दलिय टोली गठन भै नागी गाउँ भ्रमण गर्न जाने तिथि,मिति तय भयो । वि.स. २०८० को फागु पुर्णिमाको दिन भएकोले सार्वजनिक विदा समेत हुने भएकोले कार्यालय बन्द र बागलुङ बजारका पसलहरु समेत बन्द हुने भएका थिए । हामी दुई जनाको आपसी समन्वय र सल्लाह बमोजिम छोटो मिठो यात्रामा टे«किङ समेत गर्ने हो भन्दै मिठो सपना बुनेर यात्राको तय गरेको थियौ ।

यात्रा बागलुङ बजारबाट भएपछि हामीले बेनी बजारमा आउने नागी गाउँको डाइभरलाई सम्र्पक गरी जलजला गाँउपालिका मल्लाज गाऊँमा रहेको दि मल्लाज हेरिटेजमा अवलोकन गरी त्यही खाना व्यवस्थापन गरेकोले हामी पदैल यात्रा मार्फत बेनी बजार देखि मल्लाज दरवारसम्म जाने काम उकालो बाटो रेलिङको सहायता लिदै भयो ।

म्याग्दीमा जिल्ला आयुर्वेद औषधालय, बेनी, म्याग्दीमा कार्यालय प्रमुख दामोदर शर्मा पौडेलको कार्यालय कक्षमा चियापान गरेपछि नयाँ साथीहरुसँगको चिनजान पश्चात हामी छोटो बसाई गरेर गन्तव्य तिर लाग्यौ । हामीलाई मल्लाजमा जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय प्रमुख राजेश बाँस्कोटाका मामा राजेन्द्र कुवँरले बाटैमा स्वागत गर्दै लिन आउनु भएको थियो । मामा राजेन्द्र कुँवरले युवा अवस्थामा पर्यटक पथ प्रदर्शकको काम गर्ने शिलशिलामा धेरै नेपालका पर्यटकीय स्थानहरु घुमेका रहेछन । महाविर पुनले अध्ययन गरेको विद्याज्योति माध्यमिक विद्यालय मल्लाज, पर्वत स्थापना वि.स.२००४ सालमा भएको परिसरमा फोटो सेसन गरेर खाना खानको लागि हेरिटेजमा गयौ । हामी मल्लाजबाट जिपमा चढेर दिउसो २ बजे तिर नागी गाउँ जान प्रस्थान गरयौ । विच विचमा स्थानीय मानिसहरुले विभिन्न स्थलहरुको नाम बताउथे । उकालो मोटर बाटोमा जिप गुढेको थियो । पर्वत जिल्लाको लोप्रेमा चियापान गरेपछि नागी गाऊँमा पुग्न सफल भइयो । हिमाञ्चल माध्यमिक विद्यालय, राम्चे नागीमा फोटो सेसन पछि घुमाउने घरको निर्माण विदेशीहरुलाई मन पर्ने भएकोले बनाइएको रहेछ । घुमाउने घरमा छात्रावास संचालन भएको रहेछ ।

लेखन यात्रामा स्वअध्ययन कि भ्रमण अनिवार्य
लेख्ने कामलाई सजिलो र अरुका लागि उत्प्रेरणा प्रदान गर्नका लागि होओस भनेर निरन्तरता दिने काम भएको छ । लेखन यात्रालाई निरन्तरका लागि स्वअध्ययन मार्फत थुप्रै किताबहरु अध्ययन गरेर आफुलाई प्रभाव पारेका बुदाँहरुलाई प्रस्तुत गरेर लेखिन्छ । नयाँ स्थानहरुको भ्रमण समेत फरक फरक अनुभुति र विचारहरुको सिर्जना गर्नमा मद्धत गरेको हुन्छ । औपचारिक तथा अनौपचारिक कार्यक्रममा हुने विचार मन्थन र अन्र्तक्रियाले लेखनको यात्रालाई वढावा दिएको हुन्छ । लेखनको यात्रालाई नयाँ र नौलो नर्ववर्तनमा जोडनका लागि अनुसन्धान र सोध खोजमा शोध पत्र तयार हुनु पर्दछ । लेखकहरुको दिनचर्या सृजना प्रस्फुटनको लागि एक्लोपनमा रमाउने र ध्यानमा डुब्ने गरेको पाउन सकिन्छ । अनुसन्धानको यात्राको सुरुवात पहिला पाइला लेखनबाट नै हुन्छ । शुरुवातका दिनमा बहुत अप्ठयारो र कमजोर भाषा शैली भएका नाताले पाका र प्रतिष्ठित लेखकहरुको अगाडी प्रस्तुत हुन हच्कने र हतोत्साहित हुने परिवेशलाई आत्मबलका साथ चिर्दै जान पर्दछ । हामी भित्रको भावना र सोचलाई बाहिर ल्याउने बारेमा लेखन यात्रा गर्नुको विकल्प छैन । हामीले स्वअध्ययन र भ्रमण गरेर अन्र्तहित क्षमतामा बढावा गरेर बढी भन्दा बढी मात्रामा लेखनशिपलाई लगाउने कसरत गरेमा सृजनाका श्रृङखला आफै बन्दै जाने हुन्छ । महत्वपुर्ण बुदाँहरु टिपोट गर्ने र धेरै भन्दा धेरै कार्यक्रमहरुमा सहभागीता जनाउने र सधै सिकारु वातावरणमा रमाउन सिक्दै सिक्ने .बानीमा निरन्तरता दिनु पर्ने हुन्छ । हाम्रो दुई जनाको छोटो भ्रमणले सृजनात्मक शैलीको आलेख तयार भएको छ । कसै कसैलाई महाविर पुनको जिवनमा आधारीत आत्मकथा पुस्तक नै अध्ययन गर्नको लागि जिज्ञासा बढन सक्दछ । ग्रामीण भेगको जिवनशैलीमा हुने कृषि,पशु, लगायतको ताजा अध्ययन गर्न पाइन्छ ।

लोप्रे डाडाँमा पैदल यात्रा
पर्वत जिल्लाको जलजला गाउँपालिका लोप्रे फलामे डाडामा हामी फर्कने समयमा त्यहीसम्मको जिप यात्रा गरयौ । त्यसपछि बेनी बजारसम्म पैदल यात्रा गर्ने योजना मुताविक हामी दुई जना लोप्रे डाँडामा घुम्न थाल्यौ । लोप्रे डाडा समुन्द्री सतहबाट २३५० मिटरको उचाइमा रहेको स्थानमा हुचिल लाटोकोसेरो महोत्सव भएको पोष्टर देख्न पाइयो । लाटोकोसेरो तथा हुचिल उत्सवमा हुचिललाई संरक्षण र पर्यटन प्रर्वधनमा सहभागी हुन अनुरोध गरिएको थियो । लाटोकोसेरो तथा हुचिल संसारमा चार मुलुकमा मात्र पाइने भएकोले संस्कृति, संरक्षण र रमाइलो गर्ने संगम स्थल भएको रहेछ । सो उत्सवको आयोजकमा प्रकृतिका साथीहरु (Friends of Nature) र प्राकृतिक सम्पदा संरक्षण संस्था ( Natural Resource Conservation Organization ) रहेको रहेछ । सहयोगी संस्थामा जलजला गाउँपालिका, लामाखेत,पर्वत रहेको रहेछ । लोप्रेको डाँडामा ठाटी निर्माणका लागि कामदारहरुले काम गरेको देख्न पाइयो । अवको दिनमा पनि ठाटी निर्माणका लागि लगानी गर्न नपर्ने हो भन्ने सोच ममा आएको थियो । मोटरबाटो निर्माण भएको अवस्थामा पनि समाजमा हुने खानेहरुले ठाटी निर्माण गर्ने चलन अझै जिउँदो रहेछ । मालिका आधारभुत विद्यालय जलजला, लोप्रे, पर्वतको परिसर अवलोकन पश्चात बन्द विद्यालयको प्राङगण वरिपरी हेर्ने काम भयो । अलिकति अगाडी सोलार प्यानलको माध्यमबाट तल खोलाको पानी माथि डाँडामा तानेर खानेपानी र खेतीपातीको लागि सिचाइको रुपमा प्रयोग गरेको परियोजना रहेछ । त्यो योजना देखेपछि हाम्रो गाउँ बागलुङ भकुण्डेमा पनि अधिक पानी समस्या रहेको छ । सो सोलार प्यानल मार्फतको योजना संचालन गरेर कालीगण्डकीको पानी भकुण्डे डाडाँमा ल्याउन सकिन्छ होला भनेर मनमा सोचे । लाली गुराँस मनमोहक पारामा फुलिरहेको रमाइलो दृश्य थियो । बनको बाटो बासखर्क हुदै जाने छोटो बाटो गाउँलेहरुले देखाएपनि नयाँ बाटो भएकोले बनमा सिधा बाटो बिराएर अलपत्र पर्ने डरले नजाने निर्णय भयो । लोप्रे फलामेडाँडा सामुदायिक होमस्टेमा खाना खायौ । लोप्रे फलामे डाडाँबाट करिव पन्ध्र मिनेट सिधा ओरालो लागेपछि यमितादह कृषि तथा पशुपंक्षी फर्म जलजला, लेखफाँटमा अवलोकन गर्न पाइला अगाडी बढयो । फर्म नजिकबाट अवलोकन गर्दा तारले बारेको ठुलो कालिज फर्म रहेछ । सो कालिज उत्पादनमा अति व्यवस्थीत तरिकाले पालन गरेको देख्दा थप अरु स्थानमा त्यत्तिकै ठुलो मात्रामा पंक्षी फर्म खोलेमा धेरै उत्पादन र रोजगारी सिर्जना गर्न सकिने संभावना देखाउन सफल भए जस्तो लाग्यो ।

मोहरे डाँडा र घोरेपानी पुग्न बाँकी
नागी गाउँमा रहेको प्रसिद्ध नागी बराह थान भ्रमण गर्ने अवसर मिल्यो । हरेक वर्ष जनैपुर्णिमाको दिनमा भाक्कल र वर मागेको पुरा हुन्छ भन्ने भनाइका कारण टाढा टाढाबाट पुजा आजा गर्न आउने गरेको जानकारी प्राप्त भयो । नागी सामुदायिक होमस्टेका कुल माया पुनसँग चिनजान गरेपछि हामी महाविर पुन जन्मेको घरमा जाने योजना बनाइयो । बुझदै जादा महाविर पुन जन्मको घर हाल भत्काइ बिक्री गरेर अरु नै मानिस बस्ने गरेको र नागी सामुदायिक होमस्टेबाट अलि तल पर्ने भएपछि अमेरिकाबाट अध्ययन गरेर फर्केपछि हिमाञ्चल माध्यमिक विद्यालयमा अध्यापन गर्दा र इन्टरनेट जडान गर्ने प्रयास गर्दा बसको घर भने नजिकै भएकोले हामी ठाडो डाँडा तर्फ लाग्यौ । हामीले घर पहिचान गरेपछि घरधनीसँग सामान्य कुराकानी पछि फोटो सेशन गरेर साँझ पर्न लागेकोले सामुदायिक होमस्टे राम्चे नागीमा आउँदा म जिल्ला शिक्षा कार्यालय बेनी,म्याग्दी कार्यरत रहदाँ चिनजान भएका हिमाञ्चल माध्यमिक विद्यालय,राम्चेका प्रध्यानाध्यापक रमन पुन मगरले हाम्रो आगमनलाई प्रतिक्षा गरेको पाइयो । हाइ हेलो पछि हामी चियापान गर्नमा लाग्यौ । हामीलाई लोकल रक्सी खानको लागि प्रस्ताव आएको थियो । मैले र प्रधानाध्यापक रमन पुनले नखाने जवाफ दिए पछि राजेश बाँस्कोटा सरले लोकल चाख्नुपर्छ भनेर एक दुई प्याग पिएर मज्जा लिनु भयो । हाम्रो अन्तिम गन्तव्य नागी मात्र थियो । तर राम्चे गाऊँ , काफलडाँडा गाऊँ पनि जानका लागि सकिने रहेछ । मौखिक जानकारी लिदै हामीले निशुल्क वाइफाइ जडान गर्न सफल भइयो । महाविर पुनले नागी गाऊँमा इन्टरनेट जोडन पोखरामा सर्भर राखी मोहरे डाँडा समुन्द्र सतह देखि ३३१३ मिटर माथि उचाइमा टावर राखेर नागी,काफल डाँडा र राम्चेमा इन्टरनेट जोडन सफल भएको किताबमा अध्ययन गरेको थिए । तर हामी नागी गाउँबाट मोहरे डाँडा पुग्नका लागि थप दुइ तिन दिनको समय खर्च गर्नुपर्ने रहेछ । महरे डाँडाबाट घोरेपानी पुन हिल समुन्द्र सतह देखि ३२१० मिटर उच्चाइमा रहेको, हुँदै खोप्रेको लेक सहित घान्द्रुक गाउँ समेत जान सकिदो रहेछ । मेरो परिवार सहित म घोरेपानी, पुनहिल हुँदै डाडापानी हुदै घान्द्रुक गाउँमा बास बस्ने गरी गई सकेको थिए । हाम्रो यात्रामा समयको सिमितताको कारणले आगामी दिनमा मोहरे डाँडा र सोही बाटो हुँदै घोरेपानी सम्म जाने गन्तव्यलाई ठाटी राख्दै नागी गाऊँबाट फिर्ता भयौ । मगर समुदायको बाक्लो बस्ती भएकोले साँझ पखको रमाइलो कला सस्कृतिको मार्फत रमाइला गर्ने अनुभव गर्ने अवसर मिलाउन सकेनौ । कला सस्कृतिबाट रमाइलो गर्ने योजना र छलफल बेलुकी पखको खानाको समयमा जानकारी र समन्वयको अभाव भएकोले हामी रमाइलो गर्न वातावरण गर्नमा चुक्यौ ।

विद्यालय र सामुदायिक होमस्टेका समन्वय
हिमाञ्चल माध्यमिक विद्यालय, नागीको विकास र उत्थानका लागि सामुदायिक होमस्टेको आम्दानी पुर्ण रुपमा लगानी भएको रहेछ । नागी सामुदायिक होमस्टेको निर्माणमा महाविर पुनको सोच र विचार सहितको योजना भएपनि लघु उद्यम विकास कार्यक्रम ( मेड्प ) को लगानीबाट सार्थकता पाएको रहेछ । लघु उद्यम विकास कार्यक्रम नेपालका डाक्टर लक्ष्मण पुनको विशेष पहलमा भवन निर्माण भएको र महाविर पुनको सोच अनुसार सामुदायिक होमस्टे संचालन भएको रहेछ । नागी गाँउमा विद्यालय, सामुदायिक होमस्टे भवन, गोलो घुमाउने घर, अर्गानिक तरकारी खेती, नागी वराह थान,घना जगल, मगर कला संस्कृति सहितको सयोजनमा आवद्ध रहेको छ । नागी गाउँ, राम्चे गाउँ र काफल डाँडाका मानिस सम्पन्न भएपछि सिधै पोखरामा सिधै सम्पर्कका कारण बसाइसराइ गर्ने चलन व्यापक रहेछ । मगर समुदायको घना वस्ती भएकोले मगर संस्कार देख्न र हेर्न पाइने रहेछ । विद्यालयमा विद्यार्थी सख्या न्यु मात्रामा रहेको प्रधानाध्यापक रमन पुन मगरले बताउनुभयो ।

भ्रमण गर्दा हुने आनन्द
भ्रमण गर्नुभन्दा पहिले सो स्थानका बोरमा गुगल,युटुव र गुगल म्यापको सहायता लिएर जानकारी लिनुपर्ने हुन्छ । ताकी हामीलाई भ्रमण गर्दा आइ पर्ने अनविज्ञताबाट आउन सक्ने पिडा र दुखलाई न्युनीकरण गर्नमा सहयोग गर्दछ । हामी नेपाली आफनै नेपालको भुगोलमा पर्यटक पथ प्रथर्दशकलाई सहभागी नगराई हिडने बानी रहेको छ । त्यसैले हामी थप स्थानहरु मासिक रुपमा शुक्रबार,शनिवार र आइतबारसम्म नपुगेका स्थानहरुमा जाने र घुम्ने योजना बुन्दै अगाडी बढने सोच बनेको छ । हप्तैपिच्छेका शुक्रबार र शनिवार व्यवहारिक रुपमा सफल नहोला । आनन्द लिने तरिकाहरु मध्ये साविकको धवलागिरी अन्चल भित्रका शहरी तथा ग्रामीण स्थलहरु भ्रमण गरेर आन्नद लिने सोचले सार्थकता पाओस भन्ने चाहना रहेको छ । मुस्ताङ, पर्वत,बागलुङ र म्याग्दी जिल्लाहरुको मेरो लागि नयाँ लाग्ने स्थलहरुमा गई भ्रमण गरी आनन्द लिने योजना छ । सकभर मासिक रुपमा शुक्रबार,शनिवारको दिनमा भ्रमण गर्ने योजना मिलाउने सोच बनेको छ । विदेश भ्रमण थाइल्यान्ड, इन्डोनेसियाको बाली, भारत त गरेको छु । थप देशहरु समेत घुम्ने सोच छ तर समय र आर्थिक व्यवस्थापन अभावले भ्रमणबाट आनन्द लिने चुकेको छु । सबभन्दा पहिला मलाई माल्दिभस देश निकट भविष्यमा समुन्द्रमा डुब्ने छ भनेर वातावरणविदहरुले भविष्यवाणी गरेकोले सो देश घुम्न मन लागेहो हो । भ्रमण गर्दाको आनन्द सानो लेखमा वर्णन र लेखन गरी साध्य छैन । आदर्श सञ्चार डटकमबाट

मङ्लबार, बैशाख ११, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...