बगरको फूल( यौन कथा)

अन्जु शर्मा
जाडो याम शूरू हुन लाग्यो ।उत्तरतिरबाट  चिसो हावा  दक्षिण तर्फ बहन थालिसक्यो।सरद ऋतु भएर होला चारैतर्फ मनमोहक दृश्य छ।बगैंचा तिर सुन्दर फूलहरूले मधुमख्खीलाई चुम्बनका लागि निमन्त्रणा पठाउदैछन्।बर्षा ऋतुको धुलोमैलो सबै पखालिएको छ।घरहरू सफा र चिटिक्क छन् ।विश्वकै तेस्रो अग्लो हिमाल मकालुले आफ्ना सेता दन्त देखाउन शुरू गरेको छ।अरूण बरूणमा खुट्टा चोपलेर, साल र सिसौकौ फरिया अनि सल्लेरीको चौबन्धिमा,हिमाली दन्त संगै गुँरासको शिरफूल।यार्सागुम्बा र पाँचऔंले अंजुलीमा बोकेर ,चिराइतोको मुस्कान दिने हिमाल  कसरी तेस्रो हुन्छ?यो सौर्न्दर्यको पहिलो पर्वत श्रृङखला हो ।हुनतः हिमालको सौर्न्दर्यता देख्नमा मात्रै सिमित हुन्छ।जब यसलाई नजिकैबाट छुने अनि अंगाल्ने गर्नुहुन्छ तब तपाईं भित्र नजानिदो वितृष्णा पैदा हुन्छ।किनकि हिमाली ठिहीले तपाईंलाई कक्रक मात्रै हैन पूर्ण रूपमा समाप्त पारिदिन्छ।
मेरी धर्म पत्नी बितेको ठ्याक्कै एकबर्ष  एक महिना भएछ।लडिका बच्चा खानाको पर्खाइमा छन्।सिलभरको माने भाँडा चामलको पर्खाइमा छ।पिढी भत्किएको छ।दलिनतिर माकुराले जाल बिछ्याइएको छ।कुचो लिएर बढार्न अगाडि सरें। मलाई मेरो मनले सो्ध्यो ” जेठा!तेरो पत्नी वियोगले तड्पेको घाउ कसरी टाल्छस्?माया पिरतीका कुरा गर्ने रातकी सहयात्री खै ?” हँ मसंग प्रश्नको उत्तर छैन ।सानी छोरी कोक्राबाट रून थाली ।कोक्रोबाट उठाएर हेरें, दिसापिसाबले ओछ्यान गिला गरिसकिछ।सफा गरेर पून: ओछ्यानमा सुताउन प्रयास गरें तर मानिन् ।सायद आमाको काखमा लपेटिएर आमाको स्तनपान गर्न आतुर थिइ्।भगवान हुन्छन् भन्थे खै कहाँ गएछन्? यति सानी बच्चीले के अपराध गरि यसले मातृवात्सल्य गुमाउन पर्यो?म भित्रभित्रै कुडिन्छु।
घरमाथि बाटोमा मादल र मर्चुङ्गा बजाउँदै ,वारीजमुना पारीजमुनाको भाकामा युवायुवतीहरू मनकामनातिर झर्दै थिए ।पल्लो घरमा भाइ संग बस्नुभएकी आमाले “बाबै! यस्तो पाहाड जस्तो जीवन एक्लै कसरी बिताउछस्?आइमाई बिनाको घर त नर्क जस्तै हुन्छ ।बच्चाको पनि देखभाल गर्नुछ।आजको एकादशि मेलामा पो जान्छस् कि?”मैले मनमनै संझे समाज कति महिला बिरोधि छ।यदि मेरा ठाउँमा उनी बाँचेकी भए चरित्रहिनको दाग लगाउन पक्कै पछि पर्दैन थियो समाज।यिनै आमाले भन्नुहुन्थ्यो सायद ” मेरो छोरा खाएर पुगेन,अब नातानातिना पनि खाने भइस्”।
आज ठूली एकादशिको दिन ।नारायण पनि चार महिनाको निद्राबाट बिउँझेका छन्।त्यसैले भूगोलको आफ्नो संस्कार बिसाउदैछ संखुवासभा र भोजपुर जिल्ला ।सप्तकोसीको सबैभन्दा ठूलो हाँगो मात्रै हैन अरूण यसको दुबै काखमा विचित्रको इतिहास छ।भोजपुर पट्टी मजुवाबेशी जहाँ योगमायाले नारी हकहित र अधिकारका लागि तपस्या पश्चात जल समाधि लिएको ठाउँ ।संखुवासभा पट्टी “प्रशिद्ध लोक भाकामा गाइने ” वारि जमुना पारी जमुना ,जमुनाको फेदमा मनकामना “को सादृश्य मनको कामना पूरा गर्ने मनकामना देबी।मंगोलहरूको वर्चस्व छ।उनिहरू प्रेमको मामिलामा स्वतन्त्र छन् ।एकादशी बजारको मेलामा महिनौंदेखि तन्नेरी तरूनीले भेटघाटको योजना बनाउछन् ।मनमिले सिउँदो सजाउछन्।नत्र तन्नेरीलाई फूलको माला लगाइदिएर अपनत्व जनाउने तरूनीहरू तन्नेरीबाट पैसाको अपेक्षा पनि राख्छन् ।
आमाको कुरा मनन गर्दै बच्चा आमालाई छोडेर म सतिघाटमा एकादशी मेला भर्न झरें।मेलाको आकर्षण बेग्लै छ।गुरूङ्गसेनीहरू,रईनीहरू विशेषत:सेलरोटी पकाउदै,सुंगुरको मासु र सेरी बोतलमा लोकल बेच्न तँछाडमछाड गर्दैछन्।केटाहरू राम्री भएकातिर लौन सोल्टीनी मलाई पनि भन्दै लहसिन्छन्।कति उन्मुक्त छन् ।म पनि पाङ्ममातिरकी गुरूङ्सेनीले रोटी पकाएको छेउमा गएर बसें।झम्केबुलाकी लगाएकी ,टिमिक्क परेको चौबन्धी  अनि छिटको सारी ।स्वर्गबाट झरेकी अप्सरा सायदै यिनै हुन।” के हेरेको बाहुन ?रक्सी खान्छ भने बस नत्र उता जा।हाम्रो तन्नेरीहरू आउँछ।”विवाहित महिला कति स्वतन्त्र छिन् ।मलाई उनको सामिप्यबाट टाढा हुन मन छैन ।त्यसैले मागिहाले “देउन त एक गिलास र एक बोता मासु”।मासु रक्सि र एउटा सेल दिदै गुरूङ्सेनी -“हिजोआज यो क्षेत्री बाहुन हो रक्सि खाने ,मतवाली त धेरै कम भैसक्यो।”
जति रात छिपिदै गयो उति बजार पनि बढ्दै छ।वारि जमुनाको भाकामा मस्कदै युवयूवतीहरू नाच्न थाले।छेउकी गुरूङ्नी झन के कम तन्नेरीहरू संग हात समातेर नाच्न थाली।अघि देखि कुरेर बस्ने म उ भने अरू संगै नाच्ने !मन पनि दुख्यो ,रिस पनि उठ्यो ।रक्सिले निकै मातिसकेको थिए ।वेमतलव उसका तन्नेरी संग झगडा गर्न थाले।गुरूङ्नीले ” नदिमा नुहाउन जा काठा !के मेरा तन्नेरी संग झगडा गरेको ?”बिहानीपख भैसकेको छ।जाडोले कान कक्रक पार्यो।झ्याप्प गुरूङ्नीलाई अंगाल्न मन छ।आखिर विवाहित भएर पनि यो निस्फिक्री छे ,म भने डरैडरले..।
म लुरूलुरू नदि किनारमा गएं।उता मजुवाबेशीतिरबाट एकहुल महिला मन्दिर दर्शन गर्न आएकाछन्।तिनीहरूको समुहमा एक सुन्दर अद्वैशे नारीदेखा परिन् ।म रक्सीको धङधङीले भन्दा उनको सौर्न्दर्यले रिङ्गाए।”हैन!बगरमा पनि यति सुन्दर फूल फूल्दो रहेछ?”आफै भित्र प्रश्न गरें।म उनलाई आँखा नझिम्कियाइ हेर्दै थिएं।ह्वात्तै लुगा खोलिन्।तीस/पैंतीसकी जस्ति छन्।नझोलिएका स्तनमा पातलो गाम्चा बेरिन्।गोरो ,सुडुलो तिघ्रामा पातलो पेटिकोट लगाएर अरूणमा चोपलिन्।खुला आकाश मुनि खुला सौर्न्दर्य ।पानीले ट्याप्प पार्दा भित्र अङ्गले मलाई गिज्याएको अनुभूति गरें।त्यसैले उनका जनेन्द्रियले मलाई च्यालेन्ज गर्यो।हेर्दाहेर्दै मेरो शरिरबाट पानी आएको महसुस गरें।शरिरभरि काउकुति लाग्यो ।लाजले म पनि अरूणमा चोपलिएर पितृलाई जल चढाएको नाटक गर्नथाले।तर जाडोले म थरथर कामें।मलाई जिस्काउदै उनी हाँसिन-” तपाईं त धामी हो कि क्या?”कति मीठो बोली छ।अझै नियालेर हेरें उनी संग पुरूष सौभाग्य थिएन्।सोचे अविवाहित हन् क्यार! फेरि आफैंलाई प्रश्न गरे” कोही यो उमेर संम्म अविवाहित हुन्छ ?पक्कै विधवा हुनपर्छ।बच्चा त छैनन् होला ,नत्र त्यस्तो कसिलो छाती हुन्थेन्।
मनकामना मन्दिरमा घण्टीको कलरवले बगर शोभयामान भयो ।कलशमा अरूणको जल बोकेर उनी मन्दिर तर्फ अगाडि बढिन्।संसारको नियम कति विचित्रको छ।वास्तवमा भगवानले न्याय गर्ने भए उनको सौर्न्दर्य लुटिने थिएन होला !उनलाई गुमेको सौर्न्दर्य भन्दा पृय ढुंगाका देवता लागेको छ ।उनका पछिपछि म पनि मन्दिर सम्म पुगें।उनी भित्र पूजा गर्न थालिन् ।मेरी कमलाले पनि यसरी नै पूजा गर्थिन्।भगवान संग के माग्थिन् थाहा छैन ।तर मसंग “हजुरको काखमा मृत्युवरण गर्न पाउँ”भन्थिन्।सायदै उनको इच्छा पूर्ति भयो ।सिंदुर पोते सहित उनलाई यिनै हातले दागबत्ती दिएको पनि बर्ष दिन कट्यो।
उनी पूजा गरेर बाहिर आइन्।मन्दिरको प्राङ्गणमा मैले सोधिहाले-” तपाईंको नाम के हो ?”
“कौशिला पाठक “।
पून: अक्मकिदै सोधेँ -“माइतीको थर हो पाठक ?”
” अभागीको के माइती ,के घर ? बूढो अगि लगाइहाल्यो।”उनी स्तब्ध भइन्।
“बच्चा ?”
” छैनन् “।
समाज निरङ्कुश छ।पुरूषलाई जति स्वतन्त्रता छैन नारीलाई ।हुनत :पुरूष स्वतन्त्र हुनु भनेको उसको आर्थिक पक्ष पनि हो ।यदि परूषले जसरी महिलाले संपती उपभोग गर्न पाउथे भने पक्कै तुरुन्तै दोस्रो विहे गर्थे होला ।म पत्नी वियोगको बर्ष दिनमा यति धेरै कामुक छु।तर तिनी सामाजिक कारणले यौन कुण्ठित हुन बाध्य छिन्।
उनी साथीहरू संग आफ्नो बाटो लागिन्।मैले परपुगुन्जेल हेरिरहें।मलाई चियाको तलतल लाग्यो ।गुरूङ्नीको पसलतिर मोडिएं।मलाई देख्ने बित्तिकै “खै तरुनी?,नामर्द!यत्रो मेलामा पनि पट्याउन सकिनस्?”खित्काएर हाँसिन्।
“ह्य!यो गुरूङ्नी कति कराकी ।चिया देउन।”
” छैन ”
म सरसर घरतर्फ अगाडि बढे।मलाई देख्ने बित्तिकै आमा मलिन हुनुभयो ।घर अस्रल्ल फोहोर थियो ।बच्चाहरू मेरो पर्खाइमा थें।
पल्लो घरबाट भाइ बुहारी नमीठो चिच्याइन्।” लोग्ने मान्छेको जातै फोहोरी।घरमा लडिका बच्चा छोडेर तरुनी संग नाच्न जानेको मुख हेर्दा पनि अगति परिन्छ।”मैले मुख नलगाई बसें।”मनको बह कसैलाई नकह”।कौशीलाको छाया आँखाभरि खेलिरहेछ।विधवा भन्छिन् सायदै मेरै लागि हुनसक्छ ।नत्र त्यो उमेरमा !मनकामना देबीलाई मनमनै प्रणाम गरें।अनि मुसुक्क मुस्काएं।म मुस्काएको देखेर तल्लाघरे काकाले ” जेठा! एक्लै पागल जसरी के  हाँसेको?”
“वास्तवमा ,स्वास्नी मर्ने पुरूष पागल नै हुने रहेछन्।मलाई घरको बोझले किचिक्क किचेको छ।महिलाको महिमा त्यसै गाएका हैन रहेछन् ।छोराछोरीको स्यार,गाइबाख्रा,खेतीपाती ,घरको सरसफाइ आदि देखि मेरो यौनिक इच्छाको पूर्ति
गर्दा पनि उनी हँसिली हुन्थिन् ।न दिनमा चयन न रातमा !त्यसैले धर्तीको दर्जा पाएकी रहिछन् ।
पिढीमा टोलाएर बसिरहेको थिएं।”बाबा! मलाई बिचुत ल तक्लेट ल्यादिनु”तोते भाषामा छोरीले  बोलिन्।म झसङ्ग भएं।आज त हटिया रहेछ।
म जटपट हटिया भर्न निस्कें ।बाटोमा पसिनाले तरतर भएकी उनै कोशीला थुन्सेमा केरा बेच्न हटिया आएकी रहिछन् ।मेरा आँखा उहीँ पुगेछन्।पसिनाले लपक्क भिजेको ब्लाउज स्तनमा ट्याप्प टाँसिएको छ।म अर्धो भएर हो वा पुरूषोत्वले हो ।अलि छिलिएको छु।एकोहोरो उनको छातीमा ध्यानाकर्षण गर्दा उनी लाजले अर्कोतिर फर्कन्छिन्।
” त्यत्रो टाढाबाट यति  चाडै बजार आयौ?”
” क्यार्नु त?भाग्य दिने कर्म ठेल्ने।पेटमा चारो हाल्नै पर्यो।अरू पेसा गर्न पढाइलेखाइ छैन ।”उनी निर्धक्क उत्तर दिन्छिन् ।
म भित्रभित्रै कुडिएं।यति कर्मसिल महिला भए अरू के खोज्नु ?
” त्यत्रो भारि छ ,एकैछिन बिसाउन।चौताराको हावा खानु भन्छन्”।
सायद थाकेकी थिइन् ।उनले भारि बिसाएर पसिना पुछिन्।
मैले पानीको बोतल दिदै उनिसंगै टासिए।यौनक‍ो बाफ ह्वास्स मेरो दिमागमा गुस्यो।मैले पछाडि पट्टीबाट ब्लाउज भित्र हात पूर्याए।एकातर्फ आफैंलाई कन्ट्रोल गर्न गाह्राे हुँदै थियो ।अर्कोतर्फ गाली खाइएला भन्ने डर पैदाभएको थियोे ।तर उनी चुप लागिरहिन्।उनिभित्र पनि संभोगको उत्कट मृगतृष्णा छ।मैले अनुमान गरें।
” एउटा कुरा गर्नुथियो।”
” के कुरा?छिटो गर्नुस्।”
” अब तिमी र म एक भएर बस्ने रहर लागेको छ।बच्चाले पनि आमा खोज्दै छन्।बच्चा तिमीलाई जिम्मा लाउने रहर छ।”
” नचाहिने कुरा।”
उनी थुन्से बोकेर हटिया तर्फ बढिन्।
म पनि के कम पछिपछि लागे।उनकै बगलकी अर्की महिलाले “के हो कौशीला हाट,बजार त हरियाली हुन थाल्यो तिमीलाई ?”
उनलेे अधेरो अनुहार पारिन्।खासमा महिलाको सत्रु त महिला नै हुँदा रहेेछन्।म अर्कोतर्फ मोडिएं।
दिन बितिरहेको थियो ।म कौशीलालाई हेर्न हटिया हटिया चाहार्थे।कहिले भेटिपनि हाल्थें।कहिले सुख्खा फर्कनपर्थियो।कहिले मुसुक्क मुस्काउथिन् ।कहिले टेडिएर हिड्थिन्।
धारा जान आँटेको थिएं।” वारि जमुना ,पारी जमुना भन्दै हुलका हल युवाहरू मनकामना झर्नथाले।कतिचाडो एकबर्ष भएछ।मेरो मन उद्देलित भयो ।गाग्रो थन्क्याएर बच्चालाई जाउलो बनाइदिएं।पक्कै कौशीला पनि एकादशी भर्न आउछिन्।गतसाल अरूणमा नुहाउदाको भौतिक सौर्न्दर्य मेरा आँखामा झल्झल्ति आयो ।बच्चालाई खान दिएर म पनि दौडे मनकामना तिर।सबैको इच्छा पुर्‍याउने देवी हुन मनकामना ।मेरो इच्छा कसो नपुर्‍याउलिन् त?मन अक्रान्त छ।कौशीलाको सिउँदो भर्ने उत्कट अभिलाषा छ।
बाटोमा पर्ने एउटा श्रृङ्गारको पसल भित्र छिरें।उनी गोरीछिन् त्यसैले एक झुप्पा रातो पोते,अनि अलिकति सिंदुर किने।कमिजको गोजी टमक्क भयो ।गर्वले म पनि गमक्क फुले।
सतिघाटमा उनै गुरूङ्नीको पसलमा पुगें।उसैगरी तन्नेरी संग लठ्ठिएर रक्सी पिउदैछिन्।।मलाई देख्ने बित्तिकै ” ऐ बाहुन तिमी पनि रक्सी खान आउ”भनिहालिन्।
मैले ” खान्न “भन्दिएं।
” नामर्द काठो ,के खोज्न आको त?”
मलाई नामर्द शब्दले नमिठो गरि घोच्यो।म कौशीला खोज्दै बगरमा पुगें।यताउता कतै देखिन ।एकजना दिदीले “कस्लाई खोज्यौ भाइ ?”भनेर सोधिन्।
“फूल”मेरो छोटो उत्तर।
हा..हा.”बगरमा कहीं फूल फुल्छ?”उनी खित्काएर हाँसिन्।
अर्धनग्न भएर नुहाइरहेका सबै महिलातिर आँखा लगाएं।मन विछिप्त छ तर मेरो पुरूषोत्व बिउँझेको छैन ।यतिका महिला नङ्न देख्दा पनि म किन शिथिल छु?आफैंलाई प्रश्न गरें।उत्तर पाउन सकिन्।यसपालि बजार भर्न कौशीला आइनछिन् कि क्या हो ? भोलितिर आफैं मजुवाबेशी जान्छु ।उनलाई लिएर आउछु।मैले दरिलो अठोट गरें।विहानको पाँच बजिसकेछ।मन्दिरको दर्शन गरि घर फिर्नपर्ला।म मन्दिरतिर मोडिएं।मन्दिरको प्राङ्गणमा सिंदुर पोतेले सिंगारिएकी महिला एक पुरूषसंग फूलले हात जोडेर उभिएकी थिइन् ।मलाई ठम्याउन उति गाह्राे परेन। किनकि धेरै पटक भेट भएकी कौशीला हुन भनेर ।
” ओहो !तपाईं ?नमस्ते ।वहाँ मेरो श्रीमान रत्न कणेल।”
म बसेको जमिन भासियो।म केही बोल्न सकिन।गह्र’गो पाइला सरासर चौतारा तिर सारे।यो भुसतिग्रेले पो पट्याएछ।गोजीबाट सिंदुर र पोते निकाले।अनायास आँखाबाट आँसु चुहिए।सिंदुर र पोतेलाई एकपटक चुमे अनि  बगरतिर हुत्याएं।आखिर त्यो बगरको फूल सजाउन किनेको न हो ।भुसतिग्रेको अंगालोमा बेरिएकी कौशीला हँसिली थिइन्।
म सरक्क पछाडि फर्के ।उनका बोटिसका तुना खोलें।झ्याप्प बत्ती निभाएं।बिछ्यौनामा पल्टिएर निदाउने धेरै प्रयास गरें।तर सकिन ।पाणे काकाले भनेको सुन्द मेरो मन पनि कटक्क भयो । रातोपुल (2081/02/23)

बिहिबार, जेष्ठ २४, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...