भूपू विद्यार्थी मञ्चद्धारा विद्यार्थीलाई पोषाक वितरण

पोखरा । छोरेपाटन मा.वि.भू.पू. विद्यार्थी मञ्चले शुक्रबार छोरेपाटन माविका ८ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले भू.पू. विद्यार्थी मञ्चले निकै सक्रियता पूर्वक सामाजिक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्दै आगामि दिनहरुमा पनि निरन्तर सामाजिक कार्यमा लाग्न अनुरोध गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक मेघनाथ पौडेलको आग्रहमा भू.पू.विद्यार्थी मञ्चले गरिब तथा जेहेन्दार विभिन्न कक्षामा अध्ययरत ८ जना विद्यार्थीहरुलाई एक एक सेट ट्रयाक दिइएको कोषाध्यक्ष कविता गुरुङले वताईन ।

सो अवसरमा मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी, सदस्यहरु कृष्ण प्रसाद पोखरेल, गणेश जिसी र कविता गुरुङ (कवि)को उपस्थिति रहेको थियो ।

शुक्रबार, जेष्ठ २५, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...