झोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे

अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुडिडा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिनुभयो । नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय श्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले बताउनु भयो । उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको चलाउनेले जानकारी दिनुभयो ।

२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो । गोरखापत्र अनलाइनबाट साभार

आइतवार, जेष्ठ २७, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...