दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने

पोखरा । प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल संयोजक साजन रेग्मीले वताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार सात सय ७७ रुपैया नगद र दोश्रो हुनेले ३७ हजार सात सय ७७ रुपैया नगद, प्रमाणपत्र ट्रफी र मेडल पुरस्कार पाउने छन् ।

टिम दर्ता शुल्क ५ हजार ५ सय ५५ रहेको उक्त प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले वताए ।

उक्त प्रतियोगिताको लागि प्रायोजन मित्र बन्धु फुटवल क्लब, मिडिया पार्टनरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

शुक्रबार, असार १, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...