गजल

चुपचाप बसेर राष्ट्रियता फुल्दैन आवाज उठाउन सक्नुपर्छ
देशलाई छातीमा बोकेर माटोको ऋण चुकाउन सक्नुपर्छ ।

तारीफ सुनेर नथाक्नेहरु लाग्छ तिमी स्वर्गबाट झरेका हौ
मान्छेमा नै त हुन्छ कमजोरी आफै सच्याउन सक्नुपर्छ ।

रातो हुन्छ रगतको रंग सबको भन्छौ रे नि त तिमीहरुनै
कालो रगत कस्को छ पहिला यहाँ देखाउन सक्नुपर्छ ।

माटोको श्राप लाग्छ अझैपनि धनको मोहमा फस्यौ भने
डटेर भएपनि अब मातृभूमि नेपाल जोगाउन सक्नुपर्छ ।

शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...