गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरामा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ साे सम्मेलन सञ्चालन हुने भएको हाे । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा हुने उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहने छ भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहने छन् ।

दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायहरु खोजि गर्नुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले बताउनु भएको छ ।

उहाँले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित हुने उक्त कार्यक्रमले व्यवस्थापनका विद्यमान परिस्थितिको उजागार तथा दिगो व्यवस्थापनका पक्षमा घनिभूत छलफल गरी नीति निर्माणका बारेमा सहयोगी हुने पनि बताउनुभएको छ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक, माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनु हुनेछ भने सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. सुर्यबहादुर जि.सी. रहनु हुनेछ ।

त्यसैगरी सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय, व्यवस्थापन सङ्काय थाइल्याडका डिन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवम् पोखरा विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी रहनु हुनेछ ।

कार्यक्रममा स्वदेशी तथा विदेसी विश्वविद्यालयबाट ६५ वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुति रहने र उक्त लेखहरू माथि छलफल हुने कार्यक्रम संयाेजक मोहन भन्डारिले जानकारी दिनुभयो छ।

बुधबार, असार २०, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...