नेपालमा बंगलादेशमा जस्तै हुँदैन, नेपालमा नेपालमा जस्तै हुन्छ ।
• सन् १७५७ मा व्रिटिस साम्राज्य छिर्नु भन्दा पहिले अहिलेका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, नेपाल लगायतमा तमाम साना -साना स्वतन्त्र राज्यहरू थिए ।
• सन् १७५७ देखि १९४७ सम्म नेपाल (अहिलेको, पहिलेको नेपालको केही भाग गुमेको छ ) बाहेक अन्य मुलुकको भू-भागमा अंग्रेज शासन चल्यो ।
• दोस्रो विश्वयुद्ध पछि सन् १९४७ मा ती देशहरूको भु-भाग अंग्रेजबाट स्वतन्त्र भए पछि मुलतः एकिकृत भारत (अहिलेको भारत, पाकिस्तान र बंगलादेश ) एउटै स्वतन्त्र देशका रुपमा रहन नसक्ने अवस्थामा पुगे । यसको मुख्य कारण मुस्लिम बाहुल्यता भएको क्षेत्र पुर्वी पाकिस्तान (अहिलेको बंगलादेश ) र पश्चिम पाकिस्तान ( अहिलेको पाकिस्तान ) का समुदायले हिन्दु बाहुल्यता रहेको भारतमा उनीहरूमाथि दमन, हेपाई र विभेद हुन सक्ने भन्ने ठानि भारत बाट अलग हुन चायो । जस्मा विश्वका तत्कालिक दुई ध्रुव – सोभियत संघ र अमेरीकाको पनि ईन्ट्रेस्टले काम गरेको थियो । यसो हुँदा भारत र पाकिस्तान (अहिलेको पाकिस्तान र बंगलादेश) गरी दुई स्वतन्त्र देश बने ।
• मुस्लिम धर्मको आधारमा पुर्वी पाकिस्तान र पश्चिम पाकिस्तान मिलेर एक स्वतन्त्र पाकिस्तान बने पनि यी दुई क्षेत्रको संस्कृती, भाषा र मूल्यमा भने फरक थियो । मुख्यतया भाषाको हिसाबले पूर्वमा बंगाली र पश्चिममा उर्दु बढि थियो । तर, राज्यको मुल भाषा उर्दु बनाइयो जहाँ पुर्वी पाकिस्तानीहरूले आफु अलग्गिएको महशुस गरे । त्यस्तै राज्यका माथिल्ला निकाय र राजनीतिक प्रतिनिधित्वको क्षेत्रमा पनि पश्चिम पाकिस्तानीको बाहुल्यता रहेका कारण पुर्वीयाहरूले आफू राज्यको छहारीमा नपरेको महसुस गर्दै गए । यो असमावेशीताको कारण उत्पन्न भएको भावनाले सन् १९७१ मा पुगे पछि छुट्टै स्वतन्त्र देशको निर्माण गर्ने ठाउँमा पुर्यायो । त्यो हो अहिलेको बंगलादेश । त्यसैले यसलाई दक्षिण एसियाको सबैभन्दा कान्छो देश पनि भनिन्छ । सन् १९४७ देखि सन् १९७१ को बीचमा पाकिस्तानमा धेरै सैन्य कु भए । सैन्य कु र लोकतान्त्रिक व्यवस्थाको लुकामारी नै चलिरह्यो ।
• पाकिस्तानबाट अलग गरी स्वतन्त्र बंगलादेश बनाउने महान क्रान्तिको नेतृत्व शेख रहामन (जो अहिले देश छाडेर भागेकी शेख हसिनाका पिता ) ले गरेका थिए । उनले बंगलादेशलाई पाकिस्तानबाट अलग मात्रै गरेनन् त्यहाँ लोकतन्त्रको विजारोपण गरे । सन् १९४७ मा धार्मिक मान्यताका आधारमा भारतबाट अगल भएको मुलुकले धर्मनिरपेक्षताको मान्यता अंगाल्यो । त्यसैले मुस्लिम बाहुल्यता रहेपनि पाकिस्तानमा जस्तो धार्मिक कट्टरता त्यहाँ देखिएन । यसको जस शेख रहामन लाई जान्छ । त्यसैले उनलाई बंगलादेशका पिता पनि भनिन्छ ।
• सैन्य कू राजनीति संस्कारबाट हुर्कदै आएको समाजमा फेरी पनि सन् १९७५ मा सैन्य कु भयो, शेख रहामनका परिवारको हत्या भयो । दुईवटा छोरीहरू जर्मनीमा भएको कारण जिवित रहे ती मध्य एक शेख हसिना हुन । यस्ता शैन्य कूहरू सन् १९७५ मा काउण्टर कू, १९८१ मा १९८२ मा तत्कालिन राष्ट्रपतिहरूको हत्या गर्दै भई रहे ।
• सन् १९७१ को स्वतन्त्रता आन्दोलन, सन् १९८३ देखि १९८९ सम्म सैनिक तानाशाह विरुद्धको आन्दोलनमा विद्यार्थीहरूले ठूलो योगदान गरे ।
• सन् १९९० मा विद्यार्थी आन्दोलनको बलमा लोकतन्त्रिक व्यवस्थको स्थापना भयो जहाँ अवामी लिग जस्को नेतृत्व शेख हसिनाले गर्दै आइन, र बंगलादेशी नेशनल पार्टी मुख्य दलको रुपमा स्थापित भए ।
• यसरी स्थापित भएको लोकतन्त्रमा शेख हसिनाले सन् १९९६ देखि २००१ सम्म र २००८ देखि लगातार सत्ताको नेतृत्व गर्दै आइन ।
• यो बीचमा उनी विस्तारै फासिस्ट (जनताबाट निर्वाचित तानाशाह ) बन्दै गईन् । यो पछिल्लो कार्यकालमा त विपक्षीले चुनाव बहिस्कार गरेरकोमा उनको पार्टी मात्रै चुनाबी मैदानमा भएको र अस्वभाविक सिटसंख्या सहित पुनः सत्तामा रहिन । यो कदम अलोकतान्त्रिक थियो । अझ बाबुको योगदानको ब्याज खादैं जनताबाट अलगहुदै जानु गलत थियो ।
* पृयताबादि बाटोबाट सत्तासिन भएका र पुर्खाको पुच्छर समातेर राज गरेकाहरु तानाशाह बन्दै जाने गरेका उदाहरण रुस मा पुटिन, भारतमा मोदि, हग्गेरिमा भिक्टोर, ………… छन ।
के हो कोटा प्रणाली ?
• बंगलादेशको सरकारी सेवामा कोटा प्रणाली सन् १९७१ देखि शेख हसिनाको पिताले सुरू गरेका हुन जहाँ स्वतन्त्रताको आन्दोलनमा योगदान दिएका, ज्यान गुमाएका शैनिक जवानका परिवारलाई विषेश व्यवस्था सहित सरकारी सेवामा प्रवेश गराउन सुरू गरियो ।
• पछि महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षण दिन थालियो ।
• खास गरी स्वतन्त्रताको आन्दोलनमा योगदान दिएका, ज्यान गुमाएका शैनिक जवानका परिवारलाई विषेश व्यवस्थाको विरोध हुन सुरू गर्यो । करिब ५३ वर्ष अगाडि योगदान गरेका योद्धाहरूको परिवारले सुविधा पाई सकेका र तीनिहरूको संख्या घट्दै गए पनि सरकारले उनीहरूको नामको कोटामा आफ्ना मान्छे भर्ती गरेको भनि व्यापक विरोध भएको थियो । तर, शेखको प्रशासनले २०१८ मा सबै कोटा प्रणाली नै खारेज गरिदियो । पछि त्यसलाई सर्बोच्च अदालतले उल्टाइदियो । यहाँ विद्यार्थीको माग समग्र कोटा प्रणाली हटाउनका लागि नभएर क्रमशः अव्यवहारिक बन्दै गएको कोटा प्रणालीमा सुधार गर्नु पर्ने भन्ने थियो । तर, यो आन्दोलन चर्कीदै गए पछि सत्ता फाल्ने अवस्थासम्म पुग्यो ।
बुझ्नपर्ने कुराः
• यो आन्दोलन कुनै राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलन थिएन र होइन । त्यसैले यहाँ कुनै राजनीतिक दल वा विचारको नेतृत्व थिएन ।
• यो विसुद्ध आरक्षण विरूद्धको आन्दोलन थिएन । यस आन्दोलनले सामाजिक समुहको आरक्षणको विरोध गरेको थिएन ।
• यो कुनै सामाजिक वर्गीय आन्दोलन पनि थिएन जहाँ पिछडिएको वर्गको नेतृत्व गर्ने पार्टी, शक्ति थिएन । र त्यो तयार पनि भएको छैन ।
• सत्ता ढाले पछि के गर्ने, कस्तो व्यवस्था अभ्यासमा ल्याउने कुनै तयारी थिएन, छैन ।
• सैन्य कू को सृङ्खला चल्दै आएको, कस्को नेतृत्वमा कस्को प्रकारको व्यवस्था रहने भन्ने निक्यौल नभएको र भीडले सत्ता पल्टाएको अवस्थामा बलियो संगठित संस्था सेना नै भएको हुँदा अब लोकतन्त्रको पुनःस्थापना हुन्छ भन्ने कुरामा संसय छ । यसो भयो भने यो समाज विकासको उल्टो बाटो हुन्छ ।
• तर, सेना पनि यो तत्कालका लागि भिडसँग अलि डराएको देखिन्छ ।
नेपालमा सामान्यीकरण गरेर नभढ्काएकै जाति
• कतिपयले अब नेपालमा पनि यस्तै हुन्छ भनि सामाजिक सञ्जाल रंगाएको देखिन्छ । मेरो विचारमा यती सिजिलोसँग सामान्यीकरण गरी समाजलाई भढ्काउँनु राम्रो होईन ।
किन भने
• नेपालको आरक्षण समाजिक, सांस्कृतिक रुपमा पछाडि परेको वर्ग समुदायका लागि हो, जुन नेताको गोजीबाट दिने गरेको छैन र यसले कुनै अमुक पार्टीको सत्तालाईमात्रै पोष्ने गरेको छैन । तर, यसको पनि समयानुकुल परिमार्जन भने गर्न जरूरी छ ।
• नेपालमा लोकतन्त्र वा गणतन्त्र पछिको दलीय नेतृत्व कुनै फासिस्ट होइन, तानाशाही होइन बरू अस्थिर व्यवस्था हो । त्यसो हुँदा कुनै दल वा शक्ति विशेषलाई विस्थापित गरी कुनै अमूक शक्ति आउँने भन्ने कुरा के को लागि भन्ने प्रश्नमा अनुत्तरित हुन्छ । ‘क ‘ को ठाउँमा ‘ख’ आउँला तर ‘क’ र ‘ख’ उस्तै हुन चाहे जुन नाममा आउन ।
• नेपालमा सैन्य शासन न कहिल्यै भयो न हुने चेष्टा गरेको छ । यसो हुँदा सेनाको बलमा कुनै तानाशाहले टाउको उठाउन सक्दैन, यो ऐतिहासिक रुपमा असम्भव छ ।
• कुनै वैचारिक वा वर्गीय दृष्टिकोण सहितको बलियो शक्ति र त्यसको तयारी विना भिडले ल्याउने परिवर्तनले अन्ततः कित तानाशाहीतन्त्र जन्माउँछ कि त अराजकतन्त्र । नेपालमा यी दुबै खोजिएको छैन ।
• नेपालमा पनि बंगलादेशमा जस्तै होला, भिडले उथलपुथल पार्ला, अनि फ्याट्न भिडबाट नेता बनौला भनेर कसैले कामना पनि गरेका होलान्, त्यो फगत कल्पना मात्रै हुन्छ ।
• लोकतन्त्रलाई बलियो बनाउँन सबै लागौँ । सत्ता सञ्चालक पनि जिम्मेवार बनौ, राजनीतिक दलहरू जिम्मेवार बनौँ । हामी सबै सम्यमित बनौँ । भत्काउनु भन्दा बनाउनु धेरै गुना कठिन छ । विगतमा पनि भत्काउन निकै सिक्यौ, तर बनाउन नजान्दा यो हालत हुँदैछ । तयारी विनाको परिवर्तन पनि घातक हुन सक्छ ।
• हेरौ बंगलादेश अब कसरी अगाडि बढ्छ । पाठ सिकौँ तर सामान्यीकरण नगरौँ । नेपालमा बंगलादेशमा जस्तै हुँदैन, नेपालमा नेपालमा जस्तै हुन्छ ।
सामाजिक सञ्जालबाट साभार गरिएको
मङ्लबार, साउन २२, २०८१ मा प्रकाशित