इन्टरनेटमा चीनसँग सम्झौता,भारतको एकाधिकार तोडियो

98 Views

काठमाडौं, २३ मंसिर – अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय केनेक्टीभिटिको लागि यो अर्को महत्वपूर्ण विकल्प हो।
हाल नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबरमार्फत् इन्टरनेट ल्याइएको छ । अहिले नेपालले भारतका बिएसएनएल, टाटा, एयरटेल, भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हट्नेछ । टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले चीनसँग बुधबार भएको सम्झौताले नेपालमा इन्टरनेटको अर्को वैकल्पिक मार्गको ढोका खुलेको बताइन् ।गोरखापत्र

बिहिबार, मंसिर २३, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...