काभ्रे भिरमा पहिरोजाँदा बेनी–जोमसोम सडक सिधा बन्द

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ ।
मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजे पछि पहिरो जाँदा ठुला ढुङ्गाहरु आएर सडकमा थुप्रीएकोले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो । सोझो यातायात अबरुद्ध हुँदा मुस्ताङबाट म्याग्दी तर्फ आउने र म्याग्दीबाट मुस्ताङ तर्फ जाने तिर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिको उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दीरमा दर्शन तथा पुजा अर्चनाका लागि जाने तिर्थयात्रीहरुलाई समस्या भएको व्यवसायी सुवेदीले बताउनुभयो ।


सडकमा ठुला ढुंगाहरु आएकोले अब मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास गरीएको बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार पहिरो झरेको ठाउँमा सडक खुलाउनकालागि डोजर सहित पुगेर काम थालिएको र चाँडै खुलाउने प्रयास भै रहेको छ ।

सोमवार, भदौ १०, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...