जिन्दगी

यो जिन्दगी के जिन्दगी
दुखमा डुब्ने जिन्दगी
सुखमा कट्ने जिन्दगी
न त यहाँ दुखको गहिराइनै भेटिन्छ
न त यहाँ सुखको उचाइनै भेटिन्छ
हाँसो र आँसुको दह हो जिन्दगी
पिडा र व्यथाको वह हो जिन्दगी
सुख र दुखको भेल हो जिन्दगी
मिलन र विछोडको खेल हो जिन्दगी
दुइ मुटुको सङ्गम हो जिन्दगी
समाजमा बाँधिने बन्धन हो जिन्दगी
जीवन र मृत्युको दोबाटो जिन्दगी
मरेपछी केही छैन् माटो हो जिन्दगी

बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...