Loading...

हाम्रो बारेमा


नेपाली मिडियामा आबद्ध हुने क्रममा २०५८ सालमा म्याग्दी सदरमुकाम बेनीबाट प्रकाशित म्याग्दी सन्देश साप्ताहिकबाट काम थाल्दै अहिले सम्म सञ्चार माध्यम सँग यो वा त्यो नामले जोडीदै अहिले सम्म आइपुग्दा धेरै आरोहअवरोहहरु पार गरेको अवस्था हो । विगतको अनुभुति र वर्तमानको सन्दर्भ अनि भविष्यको कल्पनामा रम्ने मानिसको परम्परालाई मैले पनि छोडेको छैन पक्कै पनि ।
यही धर्तीको एउटा बिरुवा हुँ म । देश विदेशमा रहेका नेपालीहरुलाइ नजिक बनाउने हेतुले मैले यो अनलाइन न्यूजपोर्टल सुरुआत गरेको छु । म्याग्दीमा म्याग्दी सन्देश साप्ताकिमा हकर हुँदै समाचार लेख्न थालेको मैले पोखराको समाधान दैनिकमा समाचार सम्प्रेषण अनि म्याग्दीको रुप्से साप्ताहिकको रुपमा जन्महुनु अहिले रुप्से दैनिक रुपमा प्रकाशनमा रहेको छ । पोखाराको आदर्श सामाज दैनिक तथा माछापुच्छ्रे एफएम अनि रेडियो तरङ्गका साथै उज्यालो नाइन्टी नेटवर्क, नेपाल वान टेलिभिजन, एविसि टेलिभिजन अनि हिमालयन टेलिभिजन सम्मको अनुभव अनि नयाँ पत्रिका, नेपाल समाचार पत्र दैनिकमा विताएका समयहरु अनि चितवनको पारदर्शी दैनिक र सञ्चारपत्र दैनिकमा डेक्समा बिताएका दिनहरुको अनुभवलाई अब अनलाइनमा प्रयोग गर्ने जमर्को गरेको छु ।
एउटा गाउँको अमृतलाई रुप्से साप्ताहिकले अमृत बास्कुने बनायो । त्यसैले यही रुप्सेलाई सिरोधार्य गर्दै मैले (www.erupse.com) इरुप्से डटकम सुरु गरेको छु । सन २०१५ को पहिलो दिनबाटै अनलाइन प्रकाशमा ल्याउने प्रयास थियो तर सकिन । केही ढिला गरी भएपनि तपाइहरु सामू ल्याएको छु सबैले सहयोग गर्नुहुनेछ भन्ने आसा लिएको छु । इरुप्से डटकम हामी सबैले मेरो भन्ने खालको बनाउने मेरो प्रयास छ र यही प्रयास बमोजीम तपाइको मेरो अनि हामी सबैको कुरो अर्थात सबैले भन्ने ‘मेरो कुरो’ यही नारा लिएर आएको छु सहयोगको अपेक्षा सहित सहयोगका लागि धन्यवाद ।
हाम्रो यस टिममा पूर्ण पहाडिले अोमानबाट हेर्नु हुन्छ भने चन्द्र बिश्वकर्मा कुबेत र अन्य साथीहरु पनि हुनुहुन्छ उहाँहरुको पनि सहयोग अमुल्य एवम् अतुलनिय छ ।

अमृत बास्कुने

amritbaskune@gmail.com


Loading...
Amrit Baskune

ads